2

Logo २०८३ बैशाख १३ आइतबार
श्रम तथा रोजगार मन्त्रालयले ७ वटै प्रदेशमा ‘‘श्रमाधान रोजगार मेला’’ गर्ने

श्रम तथा रोजगार मन्त्रालयले ७ वटै प्रदेशमा ‘‘श्रमाधान रोजगार मेला’’ गर्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१
2.4K

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशका ७ वटै प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने भएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र कामको खोजीमा रहेका कामदारलाई जोड्ने गरि रोजगार मेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

आगामी जेष्ठ महिनाको १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा २/२ दिनको ‘श्रमाधान रोजगार मेला चल्नेछ । पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले रोजगार दाता र रोजगार खोजी रहेका नेपाली नागरिकहरु विचको पुलको काम गर्नका लागि संघिय मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार बोर्ड, प्रदेश मन्त्रालय, निजि क्षेत्र, सर्वसाधारण नागरिक सबैको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । नगरपालिका, गाउँपालिका महासंघदेखि व्यापारी, व्यवसायी, उद्यमी, रोजगार सँग सम्बन्धित संस्था तथा दर्जन बढी सरोकारवालाको समन्वयमा कार्यक्रम हुन लागेको हो ।

अभियान अन्तर्गत जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगर, जेठ १९ र २० गते मधेश प्रदेशको बिरगंज, २१ र २२ गते गण्डकीको पोखरा, २३ र २४ गते लुम्बिनीको वुटवल, २५ र २६ गते कर्णाली प्रदेशको सुर्खेत, २७ र २८ गते सुदुरपश्चिमको धनगढी र २९ र ३० गते बाग्मतीको ललितपुरमा कार्यक्रम हुनेछ ।

मेलामा कम्पनी के का लागि के उद्देश्यले दर्ता भएको छ? कामदार आउन र भित्रन सक्ने अबस्था के छ? कामदारले के खोजेको छन्? के आबश्यकता र सरकारी, निजि क्षेत्र र सरोकारवाला संस्था एंव नागरिकको समन्वय वातावरण सिर्जना गर्न सक्छौं भन्ने सोचले पहिलो पटक मेलाको आयोजना गरेको मन्त्री अर्यालले बताउनुभयो । प्रविधिमा नआएका नेपालीलाई कसरी जोड्न सकिन्छ भनेर पनि त्यसको नजिकै गएर यस्ता विषय खोजी गर्न पनि मेला सान्दर्भिक हुने बताइएको छ । मन्त्रालयले पहिलो पटक यस्तो प्रकारको मेला प्रदेशमा गर्दैछ, अर्काे बर्ष जिल्ला र स्थानीय तहमा गर्नका लागि सुझाउन समेत अनुरोध गर्दै मेला राखिएको हो ।

मन्त्रालयले अर्काे बर्ष अझ प्रभावकारी गरेर कार्यक्रम गर्न यसको लागि बजेट छुट्याएको छ । सबै प्रदेशलाई पनि रोजगार मेलाबाट श्रम र रोजगारीको प्रत्याभूतिका लागि मेला गर्न सुझाएका छौं, यसलाई सफल पार्न सबैले सघाउनुपर्छ अर्यालले भन्नुभयो । मन्त्री अर्यालले श्रमाधान रोजगार मेला के र केका लागि बिषयक छोटो भिडियो सामाग्रीको शुभारम्भ गर्नुभयो ।

श्रमको बजारमा जोड्ने, सहकार्यता र सीप विकासमा जोड्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्न, प्रोत्साहनबाट श्रम सिर्जना हुन्छ, श्रमले आर्थिक लाभ गर्छ जुन सुस्ताएको श्रम बजार छ त्यो उकास्न र अर्काे युवाहरुलाई मोटिभेसन गर्दै श्रम बजारमा सहज ल्याउन पनि मेला सार्थक हुने विश्वास मन्त्रालयले लिएको छ ।

रोजगार मेलामा रोजगारदाता, रोजगारीबाट फर्केकाको अनुभव र भोगाई, श्रम कल सेन्टर, काम गर्दै आएका बिज्ञ, विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ । सोही अबसरमा प्यानलगत रुपमा बिज्ञ र सरोकारसँग अन्तरक्रिया, कार्यशाला हुनेछ ।
मेलामा रोजगार सँग सम्बन्धित संस्थाहरुको प्रतिनिधित्व र सचेतनामुलक बुथ पनि रहनेछ । सामी बुथ, रेमी अर्थात् फर्किएकालाई कसरी पुर्नस्थापना बुथ, नेपाल च्याम्बर कर्मश बुथ, उद्योग वाणिज्य, होटेल व्यबसायी, नेपाल तालिम तथा रोजगार महासंघ बुथ, सीप बिकास तालिम, रोजगार बुथ, ल बुथ, सेकेन्ड इनिङ बुथ, कल सेन्टर बुथ लगायत सरोकारवाला संस्थाको बुथ रहनेछ । मेलामा सहभागिताका लागि मंगलबारदेखि अनलाईन फर्म खुलेको मन्त्रालयले जनाएको छ ।

सीप र अनुभवका प्यानल, कानुनी र मनोबैज्ञानिक प्रभाव, गिग इकोनोमीका अबसर र चुनौतीहरु, अर्थतन्त्रमा श्रम आप्रबासको प्रभाव सहित स्थानीय स्तरमा श्रम र सीप बिषयमा प्यानलगत रुपमा छलफल चल्ने मन्त्रालयका सचिब घनश्याम उपाध्यायले जानकारी दिनुभयो । ।

७ प्रदेशमा १४ दिनसम्म चल्ने मेलाबाट नेपालमा के–कस्ता रोजगार दाताहरु छन् ? त्यसको जानकारी, विदेश जाँदा कस्तो तयारी गरी जानुपर्छ? स्वदेशमा कस्ता–कस्ता रोजगारीका सम्भावनाहरु छन्? कस्तो सिप भयो भने स्वदेश र विदेशमा सहज रोजगारी पाइन्छ? बिक्न र टिक्न सकिन्छ? भन्ने र रोजगारको क्षेत्रमा आउनसक्ने समस्या न्युनिकरण गर्न सहयोग पुग्ने बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले बताउनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com