स्याङ्जा- पाल्पामा ३ दिनदेखि बिद्धुत आपूर्ति बन्द
पाल्पा ।
बुटवल पावर कम्पनी लिमिटेड जलविद्युत केन्द्र अन्तर्गत पाल्पा र स्याङ्जामा गत ३ दिनदेखि बिद्युत आपुर्ती सेवा बन्द छ ।
पाल्पा र स्याङ्जाका अधिकाश भागमा ३ दिनदेखि अन्धकार छ भने चार्ज गर्न नपाउदा मोबाइल फोन सम्पर्क हुन सकेको छैन ।
गत जेठ ५ गते आएको हावाहुरीले ठाँउ- ठाउँका बिजुलीको पोल ढल्दा स्याङ्जाको गल्याङ, चापाकोट पाल्पाको हुँगी, रामपुर क्षेत्रमा बिद्युत्त आपूर्ति ठप्प भएको हो । बिद्युत्त नहुदा स्याङ्जाको गल्याङ नगरपालिका, चापाकोट नगरपालिका पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका सहितका पालिकाका हजारौं घरधुरी अन्धकारमा छन् ।
जेठ ५ गते बेलुकादेखि अबरुद्ध भएको बिधुत आपूर्ती सेवा मर्मतको काम नसकिएकाे केन्द्रले जनाएको छ । मर्मतको काम तीब्रगतिमा भईरहेको जनाउदै बिद्युत्त नियमित सञ्चालन गर्न जोड दिएको रामपुर चापाकोट शाखाले जनाएको छ ।
बुटवल पावर कम्पनी लिमिटेड जलविद्युत वितरण केन्द्रले आइतबार बिहानदेखि मर्मतको काम थालिएको र सोमबार साझसम्ममा बिद्युत्त छोड्न सकिने गरि कामलाई तिब्र पारेको जनाएको छ ।