सत्तारुढ दल र काङ्ग्रेस बिच सहमति पश्चात् आज दुबै सदन चल्ने सम्भावना
काठमाडौँ ।
लामो समयको अबरोध पश्चात आज संघीय संसदको दुबै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ ।
यद्यपी संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ । समितिमा काङ्ग्रेस, एमाले र रास्वपाका प्रतिनिधि तोकिएको छ भने माओबादीबाट प्रतिनिधि छैनन् ।