2

Logo २०८३ बैशाख १३ आइतबार
कालीगण्डकी करिडोर बिकासको करिडोर भएकोले आयआर्जनमा लाग्न युवा नेता सन्दिप रानाको आग्रह

कालीगण्डकी करिडोर बिकासको करिडोर भएकोले आयआर्जनमा लाग्न युवा नेता सन्दिप रानाको आग्रह


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०८१
2.9K

पाल्पा ।

कालीगण्डकी करिडोर तराई, पहाड र हिमाल जोड्ने आयोजना मात्र नभई विकास करिडोर भएको अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं युवा नेता सन्दिप रानाले बताउनुभएको छ ।

निस्दी गाउँपालिका–१ डमरामा भएको अक्षय तृतीया मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै रानाले करिडोरको भरपुर सदुपयोग गरी नवलपुर, पाल्पा, गुल्मी देखि यस क्षेत्रका नागरिकको विकासको आधार भएकोले सोही अनुसार आयआर्जन संग जोड्न युवालाई आग्रह गर्नुभयो ।

सहज करिडोरको बाटो हुँदै तस्करी समेत बढ्न सक्ने बताउदै रानाले यसमा चनाखो हुन र यस्ता कार्यमा नलाग्न बरु निगरानी बढाउन उहाँले अनुरोध गर्नुभयो ।

गतहप्ता करिडोरमा गाई तथा गोरु तस्कर भएको घटना प्रति इन्कित गर्दै असामाजिक कार्य रोक्न युवाहरु जागरुक हुनु आवश्यक रहेको बताउनुभयो । करिडोरले नेपालकै पर्यटकीय पोखरा, भरतपुर, बुटवल र मुस्ताङ जोड्ने भएकाले संभावना सगै अबैध कारोबार र यही करिडोरको प्रयोग हुन सक्ने बताउदै यसमा सचेत हुन र नफस्न उहाँले आग्रह गनुभयो ।

रानाले केही वर्ष अघि सम्म गण्डकी वेशीलाई दुर्गम क्षेत्रको रुपमा लिए पनि करिडोर सचालनमा सञ्चालन संगै विकासको आशा पलाएको बताउनुभयो । करिडोरको माध्यम बाट गण्डकी वेशी क्षेत्रको धार्मिक तथा संस्कृतिक प्रवद्र्धन गरी पर्यटन संगै कृषिको माध्यमबाट समृद्धिको आधार कोर्न सकिने बताउनुभयो ।
रानाले विविध खेलकुद प्रतियोगिताका विजेता समुहलाई पुरस्कार प्रदान गर्दै अक्षय तृतीयाको महत्व र यसको विशेषताको बारेमा चर्चा गर्नु भएको थियो।

परिवर्तनशिल युवा क्लब निस्दी-१ डमरा भोटाहा पाल्पाले अक्षय तृतीया मेलाको अवसरमा अबसरमा द्वारा आयोजित शुद्ध साबिक वडा स्तरीय पुरुष भलिवल, प्रौढ पुरुष भलिवल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य प्रताप थापा, निस्दी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष यम बहादुर राना, बौदिकाली गाउँपालिका ३ का वडा अध्यक्ष जित बहादुर झेंडी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

खेल संयोजक गणेश सोतीका अनुसार प्रतियोगिता अन्तर्गत साविक वडा स्तरीय पुरुष भलिबल तर्फ २४ टिम र प्रौढ तर्फ ५ टिम सहभागी रहेको थियो । पुरुष भलिबल तर्फ प्रथम रामपुर नगरपालिका-३ रजघरा प्रथम, रामपुर नगरपालिका-९ जब्कादी दोस्रो र आयोजक तृतीय भएको छ । प्रौढ भलिबल तर्फ प्रथम रामपुर पाल्पा, द्वितीय रामपुर स्याउलीबजार भएको छ । पुरुष भलिबल तर्फ प्रथम दोश्रो र तेश्रो हुन सफल समुहलाई क्रमश नगद ४० हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

मेला आयोजना गर्नका लागि विशेष सहयोग गर्नुहुने व्यक्तित्व तथा अतिथीहरुलाई सम्मान प्रदान गरिएको थियो । परिवर्तनशिल युवा क्लबका कार्यबाहक अध्यक्ष क्षितिज बिक्रम खाँणको अध्यक्षतामा भएको कार्यक्रम सल्लाहाकार कृष्ण बहादुर थापाको स्वागत र क्लबका सहसचिव अजय अधिकारीको सञ्चालनमा भएको हो । कार्यक्रममा मौलिक कौरा नृत्य पनि प्रस्तुत गरिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com