2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाको रिब्दिकोटमा कपडा बैंक शुरु,

पाल्पाको रिब्दिकोटमा कपडा बैंक शुरु,

२ बर्षअघि रामपुरमा खुलेको कपडा बैंक १ महिना टिक्न सकेन

Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ३० २०८१
449

पाल्पा ।

पाल्पाको रिब्दिकोटमा कपडा बैङक शुरु भएको छ । क्लोथ एण्ड फुड बैङक नेपालसंगको सहकार्यमा गाउँपालिकाले कपडा बैङकको सुरुवात गरेको हो । प्रयोग गरिसकेका वा नयाँ कपडा दिन चाहनेबाट संकलन गर्ने र त्यसको पुर्नप्रयोग कपडा आबश्यकता भएकाहरुलाई निशुल्क वितरण गर्ने उद्धेश्यले कपडा बैङक शुरु गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।

‘समाजमा धेरै कुराको गरिबी छ त्यसमा पनि खान र लाउन पाउनु मानिसको पहिलो सर्त हुन्छ यसअन्तर्गत निशुल्क रुपमा कपडा वितरण गर्न सकिने यो तरिका वास्तवमै उपयुक्त छ त्यसैले हामिले सुरु गरेका छौँ,गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो –पुण्यको कामको सुरुवात गर्न पाएकोमा खुशी छु । संकलित पुराना लत्ता कपडाहरुलाई रि–साइकल गरि आवश्यकताका आधारमा मौसमअनुसार निःशुल्क वितरणको लागि राखिनेछ ।

सङ्कलित कपडा र अन्य बस्तुलाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ गर्नेछ । रिसाइकल गरिएका कपडाहरुलाई माग तथा स्थानीय तहको सिफारिसका आधारमा निशुल्क वितरण गरिनेछ । विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा वितरण गर्ने अभियानमा सहभागी हुन अध्यक्ष कमल जिसीले अनुरोध गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले दान गर्नका लागि कुनै अवसर र नगद नचाहिने भन्दै आफनो घर छिमेकमा रहेका कपडाहरु संकलन गरि गाउँपालिका कार्यालय परिसरमा रहेको बैङ्ककमा जम्मा गरिदिन आग्रह गर्नुभयो ।
१८७ स्थानीय तहमा कपडा बैङ्कक संचालन हुने क्रममा रहेको बैंकले जनाएको छ ।

पाल्पाको रामपुरमा २ बर्ष अघि कपडा बैंक सञ्चालनमा आएको थियो । कपडा चाहिनेलाई निशुल्क लैजान सक्ने गरि बेझाँडबजारमा कपडा बैंक सञ्चालनमा आएको १ महिना टिक्न सकेन । कोभिडको समयमा कपडा बैंक सञ्चालन गरेको रामपुर युवा क्लबले सहकार्य गरेकोमा नियमित चल्न सकेन । कपडा हुनेले कपडा नहुने तथा आबश्यक पर्नेले रोजेर लैजान मिल्ने गरि कपडा बैंक खोलिएको थियो । सो बैंकमा रामपुर नगरपालिकाले समेत रकम सहयोग गरेकोमा शुरु भएको केही दिनमा नै कपडा बैंक बन्द भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com