2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दीकोटमा योजना अनुगमन तिब्र

रिब्दीकोटमा योजना अनुगमन तिब्र


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २५ २०८१
1.4K

पाल्पा ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष सहितको टोलीले वडा न. ७ का विभिन्न टोलहरुमा निर्माणाधीन तथा निर्माण सम्पन्न विभिन्न योजनाहरुको अनुगमन गरेको छ ।

यस आर्थिक बर्षमा निर्माण तथा मर्मत भएका योजना र निर्माणको अन्तिम चरणमा रहेका योजनाको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की सहितको टोलीले अनुगमन गर्दै काम चुस्त हुनुपर्नेमा जोड दिएको हो । योजना अनुगमन गर्दै गाउँपालिका अध्यक्ष कार्कीले गाउँपालिकाको विकास र मानव जीवन संग योजना कार्यक्रम जोडिएकोले सबै पक्षले योजना राम्रो बनाउदै समयमै सक्न अनुरोध गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले योजनाले आम नागरिकको दैनिकी जोडिएकोले जिम्मेवार पक्षले नियमपुर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

टोलीले गाउँपालिकाको वडा नम्बर ७ मा गाउँपालिका, वडा तहका योजनाको अनुगमन गरेको छ भने पालिकाका अन्य वडाका योजनाको पनि अनुगमनलाई तिब्र बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com