2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरमा चल्यो उद्यमशीलता तथा बित्तिय साक्षरता तालिम

रामपुरमा चल्यो उद्यमशीलता तथा बित्तिय साक्षरता तालिम


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २५ २०८१
2.3K

पाल्पा ।

उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी तालिम पाल्पाको रामपुरमा शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद भक्तपुरको संयुक्त आयोजनामा चलेको एक हप्ते तालिम शुभारम्भका अबसरमा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले उद्यम व्यवसायको वृद्धि र विकासको लागि तालिम आयोजना गरेको बताउनुभयो ।

उद्योग व्यवसायको विकास नभए सम्म आर्थिक विकास हुदैन थापाले भन्नुभयो- यसका लागि उद्यम गर्ने योजना बनाएका र उद्यम गरिरहेका उद्यमीहरुलाई योजना बनाएर सफल उद्यमी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रुची र क्षमता अनुसारको व्यवसायले सफलता हासिल हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपसचिव चन्दा थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै उद्यमको छनौट ,योजना निर्माण,लगानी, ऋण लगायतका विषयमा सहजिकरण गर्ने बताउनुभयो ।

तालिममा रामपुर नगरपालिका भित्रका ३५जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com