कालिकोटमा निशुल्क स्वास्थ्य शिबिर, हजार बढी लाभान्वित
कालिकोट ।
तिलागुफा नगरपालिकाको सहकार्य, काठमाडौं मेडिकल कलेजको सहयोगमा तिलागुफा नगरपालिका नगर अस्पताल राँचुलिमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
यस अघि तिलागुफा नगरपालिका लाई X-rey, ecg machine लगायत ७० लाख भन्दा बढिको स्वास्थ्य उपकरण सहयोग गर्नुभएको काठमाडौं मेडिकल कलेजका संचालक तथा मोरङ क्षेत्र न. ३ का संसद माननीय डा. सुनिल शर्मा ज्युको प्रमुख आतिथ्यता सहितको उपस्थितिमा अन्य विभिन्न रोगका विशेषज्ञ डा. हरुको टोलीले बिरामी हरुलाई सेवा प्रवाह गर्नु भएको थियो ।

तिलागुफा नगरपालिका,खाडाचक्र नगरपालिका, जुम्ला जिल्लाको हिमा गाउँपालिका, र तिला गाउँपालिका लगायत आसपासका क्षेत्रहरुबाट आएका जम्मा १४०२ जना विभिन्न रोगका बिरामी हरुले विशेषज्ञ डा. हरु बाट परामर्श सहितको सेवा लिनुभएको छ ।
शिविरबाट मुटु रोग, पत्थरी,आँखा रोग लगायतका जटिल अप्रेसन गर्नु पर्ने ६३ जना बिरामी हरुलाई जेष्ठ ७ गते भित्र पुग्ने गरि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको छ । सम्पुर्ण बिरामी हरुलाई तिलागुफा नगरपालिकाको पहलमा निशुल्क उपचार गरिनेछ । जस अनुरुप तिलागुफा नगरपालिका बाट काठमाडौ सम्म जाने/आउने भाडा तिलागुफा नगरपालिकाले ब्यहोर्ने छ भने बाकी उपचार निशुल्क अप्रेसनको ब्यबस्था काठमाडौं मेडिकल कलेजले गर्नेछ ।
देशका दुर्गम तथा पिछडिएका क्षेत्र हरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण,जनशक्ति ब्यबस्थापन, स्वास्थ्य शिविर संचालन लगायतका सामाजिक कार्यहरु गर्ने सिलसिलामा तिलागुफा नगरपालिकाकाको स्वास्थ्य क्षेत्रमा आफ्नो निरन्तर सहयोग र समर्थन गर्दै उल्लेखनीय योगदान गर्नुहुने बरिस्ठ समाजसेवी, काठमाडौ मेडिकल कलेजका संचालक माननीय डा. सुनिल शर्मा ज्यु लगायत सिङ्गो मेडिकल कलेज परिवार लाई हार्दिक आभार प्रकट सहित धन्यवाद व्यक्त गर्नुभयो ।
नि:शुल्क स्वास्थ्य शिविरमा हजार बढी बिरामीले सेवा लिएका नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताउनुभयो ।
उपचार सेवा लिने बिरामी संख्या
आँखा १५०
स्त्रीरोग १६१
ECG २८
दन्द रोग ३३
बाल रोग २५
मानसिक २०
छाला रोग ७०
हाड जोर्नी तथा नसा १५१
सर्जरी ५६
अल्ट्रा साउण्ड २३२
जनरल ६७८
विभिन्न जटिल रोगका काठमाडौ रिफर गरिएका बिरामी
संख्या ६३ जना रहेको नगर सचिवालयले जनाएको छ ।