2

Logo २०८३ बैशाख १३ आइतबार
मुस्ताङमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

मुस्ताङमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
1.2K

मुस्ताङ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मुस्ताङमा प्रहरीले नागरिक सुनुवाई गरेको छ ।

सामाजिक उत्तरदायित्व र सचेतना तथा सुसुचित गराउने उद्देश्यले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ कागबेनी स्थित कागबेनी समाज घरमा मुस्ताङ प्रहरीले कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङद्धारा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले मुस्ताङ प्रहरीले गरेका काम, शान्ति सुरक्षा र नागरिकमा सचेतनाका लागि गरिएका कार्यका विषयमा जानकारी दिनुुुभएको थियो ।

जिल्ला समन्वय प्रमुख माया गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गुरुङले सभ्य समाज निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष ढिकि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा मगर, गाउँपालिकाका वडा नं १,२ र ४ का वडा अध्यक्षहरू र वडा सदस्यहरू एवम आमा समुहका अध्यक्ष तथा पदाधिकारी लगायत बिभिन्न पेशा ब्यावसाय सघं सस्था, बिधार्थी र सर्बसाधारण गरि ८० जनाको सहभागिता थियो ।

सहभागीहरुबाट उठेका सवालहरुको प्रहरी प्रमुख पाण्डेय, समन्वय प्रमुख र गाउँपालिकाका उपाध्यक्षले सम्बोधन जवाफ दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com