रिब्दीकोटमा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम
पाल्पा ।
रिब्दीकोट गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेबिकाका लागि आधारभुत तालिम चलाइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नियमित स्वास्थ्य, घरदैलो अभियान, राष्ट्रिय अभियान तथा स्वस्थ्य समाज, आमा बच्चाको निगरानी तथा स्वास्थ्य सम्बन्धी समुदायमा महिला स्वयंसेविकाले खेल्ने भुमिकाको बारेमा जानकारी दिईनेछ ।

बुधबार देखि सुरु भएको आधारभुत तालिम आउदो बैशाख २९ गते सम्म चल्नेछ । तालिम शुभारम्भ गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिमले महिला स्वास्थ्य स्वयंसेविकालाई ज्ञान सहित पुर्नताजगी गराउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले तालिममा अनुभव लिन र समुदायलाई सुरक्षित बनाउने र स्वस्थ्य गाउँपालिकाको पहिचानमा जोड दिन आग्रह गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले स्वागत गर्दै अनुभव भएका महिला स्वास्थ्य स्वयंसेविकालाई उत्साहित पुर्वक तालिमलाई उपयोगी बनाउन अनुरोध गर्नुभयो ।
तालिममा पालिकाभित्रका यस्तो तालिम नलिएका स्वास्थ्य स्वयंसेविका लगायत सम्बन्धित सरोकारवाला सहभागी छन् ।