2

Logo २०८३ बैशाख १३ आइतबार
बनको डढेलो बस्तीमा फैलदा रामपुरमा ८ घरगोठ जले, नियन्त्रणको प्रयास जारी

बनको डढेलो बस्तीमा फैलदा रामपुरमा ८ घरगोठ जले, नियन्त्रणको प्रयास जारी


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख १९ २०८१
2.3K

पाल्पा ।

रामपुर नगरपालिका वडा नं. ४ र ५ मा फैलिएको आगोले ८ घरगोठ जलेर नष्ट भएको छ ।

वडा नं. ५ को गैरागाउँ क्षेत्रमा फैलिएको आगोले वडा नम्बर ४ को समानसिङ, रेवती पोखरा माथिल्लो भेगमा आगोलागी हुँदा ८ घरगोठ सहित कुखुरा फार्म जलेको हो । जंगलको आगो बस्तीमा पसेपछि ८ घर तथा गोठ पूर्ण रुपमा जलेको छ ।

गैरागाउँको ५ र समानसिङको ३ वटा घर गोठ जलेको छ ।  गैरागाउँमा सन्तमान श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र धन प्रसाद श्रेष्ठको घर गोठ पूर्ण रुपमा जलेको छ । त्यस्तै विष्णु कुमार श्रेष्ठ र श्याम कुमार श्रेष्ठको घर तथा गोठमा क्षति पुगेको छ । मध्यान्ह चलेको हावाहुरीले बनको आगो समानसिंङ रेवतीपोखराका बस्तीमा पनि पुर्‍याएको थियो । जहाँ माउ कुमारी श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठको घरगोठ र सूर्य प्रसाद श्रेष्ठको घर संगै कुखुरा फर्म जलेको छ ।

बस्ती नजिक रहेको लक्ष्मी आधारभूत विद्यालय रेवती पोखराको भवन जोखिममा रहदा रहदै पनि बुधबार अबेरसम्म सुरक्षित गराउन सफल भएको प्रध्यानध्यापक नर बहादुर रानाले बताउनुभयो ।

डढेलो नियन्त्रणमा प्रहरी, आर्मी, स्थानीय, बजारबासी र बनका उपभोक्ता निरन्तर लागेका छन् । डढेलो चारैतिर फैलिएकाले नियन्त्रण बाहिर गएको हो ।

अहिले पश्चिम तर्फ रामपुर ५ राम्चे सामुदायिक वनको माथिल्लो भेगमा फैलिएको आगो नियन्त्रणको प्रयास भईरहेको छ । स्थानीय, उपभोक्ता सहितको संयन्त्र आगो थप बस्तीमा फैलन नदिन स्याउलाले आगो रोक्ने प्रयास गरिरहेका छन् । राती बनको फेदमा रहेका बस्तीमा आगो फैलनसक्ने त्रासले सबै उपभोक्ता र स्थानीय बजारबासी आगो नियन्त्रणमा लिन लागिपरेका छन्  ।

वडा नं. ४ को समानसिङ, छतिवन डाँडा, गिजिन डाँडा लगाएतका बस्ती पनि जोखिममा रहेको छ । रेवतीपोखरा हुुँदै पुर्व फैलिएको आगोले बस्ते जोखिममा छ । केही सामान सारिएको र सतर्कता अपनाइएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले निरन्तर आगो रोक्ने सबैको पहल भईरहेको र तथापी केही घर गोठमा क्षति भएको जानकारी दिनुभयो ।

नेपाली सेना, प्रहरी संगै स्थानीयहरु बस्ती जोगाउन जुटिरहेका छन् । गाबुडाँडा सामुदायिक बन, देउराली डाँडा सामुदायिक वन क्षेत्रमा फैलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com