इलाम २ मा एमाले उमेदवार सुहाङ नेम्वाङ बिजयी
इलाम ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।
इलाम २ मा भएको उपनिर्वाचनमा ३४ बर्षे सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनी नेकपा एमालेका नेता सुवास नेम्वाङका छोरा हुन् । प्रतिनिधि सभा सदस्य नेम्बाङको निधनपछी इलाम २ मा उपनिर्वाचन भएको हो । नेकपा एमालेले नेम्बाङका छोरा सुहाङलाई उमेदवार बनाएको हो ।
प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।
रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । इलाम २ मा ६९ हजार ३७४ मत खसेको थियो ।
यता बझाङमा भएको प्रदेश सभा निर्वाचनमा पनि एमाले उमेदवार बिजयी भएका छन् ।