2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा महिला स्वास्थ्य स्वयंसेविकाकालाई सम्मान सहित बिदाइ

पाल्पामा महिला स्वास्थ्य स्वयंसेविकाकालाई सम्मान सहित बिदाइ


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख १५ २०८१
1.4K

पाल्पा ।

लामो समयदेखि माातृशिशु स्याहारमा क्रियाशिल महिला स्वास्थ्य स्वयंसेविकाकालाई सम्मानसहित बिदाइ गरिएको छ । पाल्पा जिल्लाका ११ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

६० वर्ष उमेर पुगेका स्वयंसेविकाको भूमिकाको मूल्याङ्कन गरेर ७० हजार नगदसहित बिदाइ गरिएको हो । मातृशिशु स्वास्थ्य क्षेत्रमाा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई ६० वर्ष उमेरपछि बिदाइ गर्ने गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । पछिल्लो समय तीन तहकै सरकारले स्वयम्सेविकाको भूमिकाको मूल्याङ्कन गरेर रकमसहित बिदाइ गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले ग्रामीण क्षेत्रमा सुत्केरी महिलाको सेवा गरेर स्वयम्सेविकाहरूले राज्यका लागि अमूल्य सहयोग गरेको बताउनुभयो । बिदाइ भए पनि स्वास्थ्य स्वयंविकाहरूले आफ्नो अनुभव समाजको हितमा बाँड्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, नेपाल पत्रकार महासङ्घ रेखीराम राना, निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशामगर, महिला स्वास्थ्य स्वयमसेविका सन्जालकी अध्यक्ष तुम्ला बज्राचार्य, पूर्वखोला रिङ्नेरहकी स्वास्थ्य स्वयंसेविका सीता आचार्यलगायतले शुभकामना दिनुभयाे ।

कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख गिरीकाे अध्यक्षता र सूचना अधिकारी टिकाराम अधिकारीकाे संचालनमा भएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com