2

Logo २०८३ बैशाख १४ सोमबार
जनशान्ति माबिले गर्यो पुरस्कार बितरण र नयाँ कक्षामा स्वागत कार्यक्रम

जनशान्ति माबिले गर्यो पुरस्कार बितरण र नयाँ कक्षामा स्वागत कार्यक्रम


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख १० २०८१
1.2K

पाल्पा ।

जनशान्ति मावि रामपुर ९ पाल्पामा बार्षिक परीक्षाको पुरस्कार बितरण तथा विद्यार्थी स्वागत कार्यक्रम भएको छ ।

सोमबार विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यालयको बार्षिक परीक्षामा सर्वोत्कृष्ट तथा उत्तीर्ण विद्यार्थीलाई पुरस्कार बितरण र विद्यालयमा स्थापित विभिन्न कोषबाट प्रदान गरिने पुरस्कारबारे जानकारी गराइएको विद्यालयका प्रधानध्यापक ढक बहादुर सिंजालीले बताउनुभयो ।

विद्यालय व्यबस्थापन समितिका सदस्य नेत्र बहादुर गाहाले पुरस्कार प्रदान गर्दै लगनशील भएर राम्रो पढ्न यस्ता पुरस्कारले विद्यार्थीलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

पाल्पाली समाज युएईका प्रतिनिधि कृष्ण प्रसाद श्रेष्ठले विद्यालयले पछिल्लो समय धेरै मेहनत गरेको बताउदै समाजले स्थापना गरेको कोषबाट विद्यार्थीलाई गर्ने सहयोगले उनीहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

स्व. रण ब. सारु स्मृति अक्षय कोष संरक्षक मिना सारु,
स्व. सिरा कुमारी पचभैय स्मृति अक्षय कोष संरक्षक कान्ति पचभैया लगायत कोषका प्रतिनिधिले पुरस्कार बितरण गर्नुभएको थियो ।

विद्यालयका प्रध्यानध्यापक ढक बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई पुरस्कार सहित अक्षयकोषबाट SEE परिक्षामा अङ्ग्रेजी बिषयमा उत्कृष्ट छात्र छात्रा विद्यार्थी, बार्षिक परिक्षामा सर्वोत्कृट छात्रछात्रालाई पुरस्कार दिइने गरि कोष व्यबस्थित गरिएको छ । कक्षा १-८ मा बालिका छात्रवृत्ति बितरण गरिएको छ ।

कार्यक्रमको संचालक शिक्षिका शिबमाया तिमिल्सिना खनालले गर्नुभएको थियो । सोही अबसरमा विद्यार्थीले रमाइलो सास्कृतिक प्रस्तुति देखाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com