2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाली समाज युएईको ३५ औं स्थापना दिवस, नेपालबाट कलाकार पुगे दुबई

नेपाली समाज युएईको ३५ औं स्थापना दिवस, नेपालबाट कलाकार पुगे दुबई


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ९ २०८१
1.4K

युएई ।

नेपाली समाज युएईले आज ३५ औं स्थापना दिवस मनाउदैछ ।समाजले विभिन्न कार्यक्रम गरेर बार्षिकोत्सव मनाउन लागेको हो । यसका लागि नेपालबाट कलाकारको टोली युएई पुगेको छ ।

यसैबीच सन् १९९० मा स्थापना भएको नेपाली समाज युएईले सस्था स्थापना अघि युएईमा आएका अग्रजहरुलाई  सम्मान गर्न लागेको समाजका अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिनुभएको छ । नेपाली समाज र विभिन्न संघसस्थाको संयुक्त प्रयासमा नेपालीहरुको उत्थान तथा भेटघाट र रमाइलो एवं नयाँ योजनाका लागि पनि कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको अर्यालले बताउनुभयो ।

त्यस्तै समाजले युएईमा विभिन्न विधामा योगदान गरेका बिभिन्न व्यक्तित्व, सहयोग गर्दै आएका एयरलाइन्स, अन्य समुदायका अग्रजहरुलाई समेत सम्मान गर्न लागेको जनाएको छ ।

सन् १९९० मा इराक-कुवेत युद्धको बेला त्यहाँका पीडित नेपालीको सहयोगका लागि स्थापना भएको नेपाली समाज युएईको सबैभन्दा पुरानो छाता साझा सस्था हो ।

समाजमा अहिले ५० भन्दा बढी सस्था आबद्ध छ्न, नेपाली समाज र आबद्ध सम्पुर्ण संघ-सस्थाहरुको संयुक्त आयोजनामा स्थापना दिवस मनाउन लागिएको समाजले जनाएको छ । कार्यक्रमका लागि समाजका अध्यक्ष अर्यालको संयोजकत्वमा मुल समिति गठन गरि तयारी भएको छ ।

समाजले स्थापनाको अवसरमा  ३५ दिनसम्म निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिरहेको समाजका महासचिव केदार कुँवरले जानकारी दिनुभयो। । बर दुबईमा रहेको किम्सहेल्थ मेडिकल सेन्टरको प्राविधिक सहयोगमा १४ अप्रिल देखि २० मे २०२४ सम्म बिहान १० देखि २ बजे सम्म स्वास्थ्य शिविर सञ्चालन गरिरहेको समाजका सचिव प्रकाश दत्त बडुले बताउनुभयो ।

दुबईको क्लब एसके-सेभेन क्लबमा आज आइतबार हुने कार्यक्रमका लागि गायक नारायण रायमाझी, कुलेन्द्र विक, गायिका द्वय शान्तीश्री परीयार र रेश्मा बमजन लगायत लाङ्घाली संगीत संसार, इनास डान्स ग्रुप, लगायत स्थानीय कलाकारले समेत प्रस्तुती रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com