2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनीमा मन्त्रीपरिषद बिस्तार, साना दललाई मिलाउन बिनाबिभागिय मन्त्री तोकियो

लुम्बिनीमा मन्त्रीपरिषद बिस्तार, साना दललाई मिलाउन बिनाबिभागिय मन्त्री तोकियो


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख ६ २०८१
764

लुम्बिनी ।

सत्तासाझेदार दलहरुबिच मन्त्रालय भागबण्डामा टुंगो लागेपछि लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महराले मन्त्रीपरिषद बिस्तार गर्नुभएको छ।

सोही अनुरुप नेकपा एमालेको तर्फबाट संसदीय दलको उपनेता चेतनारायण आचार्यको नेतृत्वमा मन्त्री भएका छन् ।

आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय, रोल्पाका दिपेन्द्र कुमार पुनले स्वास्थ्य मन्त्रालय, भण्डारीलाल अहिरले कृषि तथा भुमी व्यबस्था मन्त्रालय सहित भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी, रत्न बहादुर खत्री, खड्ग बस्नेत, धर्म बहादुर चौधरी, भगवती अधिकारी बिनाबिभागिय मन्त्री तोकिएका हुन् । उनीहरुको आजै सथप ग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लामो समयदेखि अलपत्र परेका बिषयगत समितिको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तार गर्नुभएको हो

मुख्यमन्त्री सचिवालयका अनुसार मन्त्रालयहरुकाे बाडफाड टुंगो लागेको भएपनि सानादलहरुका बिचमा आन्तरिक बाडफाड मिलाउनका लागि अर्थ, स्वास्थ्य र कृषि बाहेकका मन्त्रीहरुलाई बिना बिभागीय मन्त्रीको रुपमा सपथ गराइदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com