2

Logo २०८३ बैशाख १३ आइतबार
व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै बगनासकालीको सचेतना कार्यक्रम

व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै बगनासकालीको सचेतना कार्यक्रम


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख २ २०८१
1.7K

पाल्पा ।

देशभरका स्थानीय तहमा जस्तै पाल्पामा पनि व्यक्तिगत घट्ना दर्ता सप्ताह शुरु भएको छ । शनिबारदेखि व्यक्तिगत घटनासम्बन्धी सचेतना सप्ताह सुरु भएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले पत्रकार सम्मेलन गरी सन् २०२४ को अन्त्य सम्ममा सत प्रतिशत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छद) गराउने लक्ष्य राखेकोले सवैलाई सबैखाले घटना दर्ता समयमै गराउन आग्रह गरेको छ । यसैबीच व्यक्तिका व्यक्तिगत घटनाहरू तोकिएको समय अर्थात् घटना घटेको ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गराउनुपर्दछ भन्ने सन्देश आम नागरिकमा पुर्‍याउन जिल्लाका सवै स्थानीय तहले सप्ताह मनाउन लागेका छन् ।

बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार घट्ना दर्ता सप्ताहको सन्दर्भ पारेर बगनासकाली गाउँपालिकाले आइतबारबाट सवै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछ । उहाँका अनुसार राज्यले प्रदान गर्ने सेवा सुविधा विस्तार, नीति निर्माणका साथै दोहोरो पनलाई हटाउन पनि घटना दर्ता आवश्यक रहेको छ । आइतबार वडा नं. ३ मा अध्यक्ष चिदीले सचेतनामूलक सप्ताहको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले व्यक्तिगत घटना दर्ता व्यक्ति र राज्यको लागि महत्त्वपूर्ण कार्य भएको जनाउँदै आफुले चाहेको बेला मात्र व्यक्तिगत घटना दर्ता गर्ने अवस्था विद्यमान रहेकोले यो समयमै घटना दर्ता गराउने सन्देश समुदायमा प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले घटना दर्ता हेर्दा सरल देखिएपनि यसका नीतिगत कठिनाइका कारण केही समस्याहरू अझै कायम रहेकोले त्यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले घट्ना दर्ता, सामाजिक सुरक्षा र राष्ट्रिय परिचय पत्र सम्बन्धी वृहत अभिमुखीकरण कार्यक्रम आयोजना गरी सहजीकरण गर्न लागेको समेत जानकारी दिनुभयो ।

वडा नं. ३ का वडाअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटनाहरू घटना घटेको ३५ दिनभित्र आ–आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरी कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन गाउँ कार्यपालिकाको निर्णय अनुसार कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले व्यक्तिगत घटना दर्तामा पालिकाको अवस्था, नीतिगत व्यवस्था, समस्या लगायतका विषयमा जानकारी गराउनुभएको थियो । यसैबीच आइतबार नै वडा नं. २ पोखराथोकमा समेत सचेतना मूलक कार्यक्रम सम्पन्न भएको पञ्जिकरण फिल्ड सहायक प्रेमबहादुर बगालेले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले बैशाख ७ सम्म सवै वडामा सचेतनामूलक कार्यक्रम गर्न लागेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com