2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय सभा उपाध्यक्षमा कपिलबस्तुकी घिमिरे

राष्ट्रिय सभा उपाध्यक्षमा कपिलबस्तुकी घिमिरे


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
1K

काठमाडौं ।

राष्ट्रिय सभाको उपाध्यक्षमा कपिलबस्तुकी विमला घिमिरे निर्वाचित हुनुभएको छ ।

बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी  उम्मेदवार घिमिरेले ३९ मत प्राप्त गर्नुभयो । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत मात्र प्राप्त गर्नुभयो।

घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिनुभएको थियो ।राष्ट्रिय सभामा चार वर्ष काम गर्नुभएका घिमिरेको कार्यकाल दुई वर्ष बाँकी छ । उहाँ २०४७ सालमा एमालेको सदस्यता लिएर पार्टी राजनितीमा लाग्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com