2

Logo २०८३ बैशाख १३ आइतबार
एकता र सद्भावका लागि पहिलोपटक वडा कार्यालयले सँगै मनायो नयाँ बर्ष र बृहत ईफ्तार कार्यक्रम

एकता र सद्भावका लागि पहिलोपटक वडा कार्यालयले सँगै मनायो नयाँ बर्ष र बृहत ईफ्तार कार्यक्रम


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
939

पाल्पा ।

पाल्पाको रामपुरमा पहिलो पटक स्थानीय तहले मुस्लिम समुदायको पर्व रमजान र नयाँ वर्ष २०८१ सँगै मनाएको छ । सामाजिक एकता र सद्भावको लागि मस्लिम समुदायको पवित्र महिना रमजान र नेपाली नयाँ बर्ष २०८१ को अबसरमा एक आपसमा शुभकामना साटासाट गरेर पर्व मनाएको हो ।

इस्लाम धर्मावलम्बीहरुको बाहुल्यता रहेको देशमा हर्ष उल्लासपुर्वक मनाउने तर पाल्पाको बाक्लो बस्ती रहेको रामपुरको इस्लामपुरमा सार्वजनिक कार्यक्रम नभइरहेकोमा एक आपसमा पर्व र धार्मिक सहिष्णुताको लागि संयुक्त कार्यक्रम गरिएको रामपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राम बहादुर रानाले बताउनुभयो । मुस्लिम समुदायले एक महिना निराहार जस्तो बसेर रोजा खोल्नुपुर्व साझ अपरान्ह ४ बजे आयोजित कार्यक्रममा सहभागीलाई मिठाई बाडेर रोजा खोलाइएको छ । हिन्दु समुदाय हुदै पछिल्लो समय नेपालीजनले मनाउने दशै तिहार लगायतका पर्वमा धेरै संस्था र व्यक्तिले शुभकामना आदानप्रदान गर्ने तर मुस्लिम समुदायको ठुलो पर्व रोजा मुस्लिम समुदाय घरभित्र मात्र सिमित भएकोले रमजानको खुशीयालीमा सामुहिक पर्व मनाएको अध्यक्ष रानाले बताउनुभयो ।

पाल्पाको रामपुरमा ठुलो मुस्लिम समुदायको वस्ती छ । हाम्रो वडामा जिल्लामै मुस्लिम दाजुभाई दिदीबहिनीको ठुलो बाहुल्यता छ, त्यसैले जनप्रतिनिधि भैसकेपछि सबैको मर्म बुझेर काम गर्नुपर्छ भन्ने हेतुले संभवत नेपालमै पहिलो स्थानीय तहको नजिकको सरकारले बृहत ईफ्तार कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

धार्मिक सहिष्णुता र सद्भावका लागि आयोजित नयाँ बर्ष २०८१ र रमजानको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले जुनसुकै धर्ममा आस्था राखे पनि सबै एक अर्काको परिपुरक भएको बताउनुभयो । उहाँले कुनै एउटा धर्म र समुदायले मात्र विकास र समृद्धि सम्भव नभएको र सबैको एकता र समन्वयले मात्र सबै क्षेत्रको विकास हुने उल्लेख गर्दै समाज र सामाजिक भावमा एकता रहेको बताउनुभयो ।

नेपाल मुस्लिम संघका केन्द्रीय उपसभापति हजिल दिन मियाँले मुस्लिम समुदायको रमजान र नयाँ बर्षको अवसरमा वडाले गरेको कार्यक्रमले एकता, सद्भाव र मेलमिलापको सन्देश दिएको बताउनुभयो । यो कार्यक्रमले समग्र मुस्लिम समुदायले सम्मानको अनुभूति भएको छ, मियाँले भन्नुभयो–आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाओस् ।

रम्भा गाउँपालिका वडा नं.१ का वडाध्यक्ष इश्वर काफ्लेले फरक धर्म र समुदाय फरक भए पनि कर्म सबैको एउटै हुने भन्दै सबै समुदायको सम्मानमा कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो । बैदेशिक रोजगारीमा १७ बर्ष कतारमा संलग्न काफ्लेले कतारले आफुलाई धेरै कुरा सिकाएको र यस्ता कार्यक्रमले मुस्लिम समुदायको सम्मान र हौसला हुने भन्दै काफ्लेकै अग्रसरतामा रामपुरमा कार्यक्रम भएको हो ।

रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले धर्म र संस्कार फरक भए पनि राष्ट्रिय एकता र आवश्यकतामा एक हुनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकाल, नेपाली काँग्रेस पाल्पाका सहसचिव हमिद अलि मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सदस्य टेक बहादुर क्षेत्री, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री, समाजसेवी विष्णु प्रसाद आचार्य, ईर्शाद अलि, लुक बहादुर विरकट्टा, कालिका माविका प्रधानाध्यापक मनिराज अधिकारी, रानीवन तथा वड्वान सामुदायिक वनका अध्यक्ष सीता प्रधान, गोदाम चौपारी टोल विकास समितिका संयोजक मोहन बहादुर थापाले बोल्दै नयाँ वर्ष र रमजानको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

रामपुर ४ को वडा कार्यालय हल देविस्थानमा भएको कार्यक्रममा वडाध्यक्ष राम बहादुर रानाको अध्यक्षता, वडा सदस्य महम्मद ताजिम शेखको स्वागत र वडा सदस्य मोहन सिं रानाको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com