2

Logo २०८३ बैशाख १४ सोमबार
मदरसा नुरुलहुँदा अहले सुन्नत प्राविमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

मदरसा नुरुलहुँदा अहले सुन्नत प्राविमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
1K

पाल्पा ।

रामपुर नगरपालिकामा सोमबार नगरका विद्यालयमा शैक्षिक सत्र को बार्षिक परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा सबै विद्यार्थी र अभिभावक बीच विद्यालयले विद्यार्थीको बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेको हो । मदरसा नुरुलहुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा विद्यार्थीका अभिभावकको रहोबरमा नतिजा सार्वजनिक गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्गर अलिको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक तथा सल्लाहकार समितिका संयोजक हजिलदिन मिँयाले नुरुलहुँदा अहलेसुन्नत प्राथमिक विद्यालय बीच राम्रो गर्दै अगाडी बढेको बताउनुभयो । विद्यालयको हरेक क्षेत्र राम्रो र नतिजा गुणस्तर बृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिदै शिक्षकले पढाउन र विद्यार्थीको घरको सिकाई विद्यालय प्रति चासो बढाउन अभिभावकलाई जोड दिनुभयो ।

सोही अबसरमा रम्भा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर काफ्लेले सबैमा नैतिक र व्यवहारिक ज्ञानको विकास गर्दै राम्रो बनाउन सबै राम्रो सोचले अघि बढ्नुपर्ने बताउनुभयो । पत्रकार सीता डोटेलले बार्षिक परीक्षा औपचारिक परीक्षा मात्र भएकाले हरेक दिन विद्यार्थीको सिकाई परिक्षण र पृष्टपोषण दिनुपर्नेमा जोड दिदै घरमा बच्चा संग अभिभावक बस्ने, पढ्ने, सुन्ने बानीको बिकासले विद्यार्थीको सिकाईका थप विकास हुने बताउनुभयो ।

मोहमद आरिक खानको कुरानबाट शुरु भएको कार्यक्रममा विद्यालयका पुर्व अध्यक्षहरु ताजिम सेख, हमिद अलि मिँया लगायतले विद्यालयको योगदान, सञ्चालन र प्रगतिको कामना व्यक्त गर्नुभयो । राम्रो नतिजा ल्याउन सफल र कक्षा उत्तीर्ण हुने विद्यार्थी, सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।

२०६७ सालमा इस्लामपुरमा स्थापित मदरसा नुरुलहुँदा अहलेसुन्नतमा हाल ६२ विद्यार्थी अध्ययनरत छन् । आन्तरिक स्रोत कम रहेको सो विद्यालयमा हाल ८ जना शिक्षकले अध्यापन गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com