2

Logo २०८३ बैशाख १३ आइतबार
तानसेनले चलायो वडा नम्बर १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

तानसेनले चलायो वडा नम्बर १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
1.1K

पाल्पा ।

घरदैलोमा जनतालाई सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले तानसेन नगरपालिकाले उत्तरी सिमाना वडा नम्बर १३ मा घुम्ति शिविर चलाएको छ । एक दिने घुम्ती शिविरबाट नगरपालिकाका उत्तरी भेगका नागरिकले गाउँमा नै स्वास्थ्य शिविर पाएका छन् । शिविरबाट २ हजार बढी जनता लाभान्वित भएका छन् ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई घरदैलोमै कृषि, पशु, स्वास्थ्य, सिफारिस तथा घटना दर्ताका सेवा प्रदान गरिएको बताउनुभयो । निर्वाचनको घोषणा पत्र अनुसारका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेका छौं, ग्रामीण इलाकाहरुलाई केन्द्रित गरेर घुम्ति शिविरलाई अगाडी बढाएको र यसले निरन्तरता पाउने श्रेष्ठले बताउनुभयो ।

नगरका विषयगत शाखाले सेवा दिएको शिविरमा पशु सेवा तर्फ १ सय २ घरधुरीका ९ सय ५० पशुपंक्षीलाई विविध समस्याको औषधी दिइएको छ । जसमा जुकामाटेको औषधी वितरण, गोबर नमूना परीक्षण र परामर्श सेवा दिइएको थियो । कृषि सेवा तर्फ १ सय ६३ घरधुरीलाई तरकारीको विऊ वितरण, १ सय १२ रोगीबालीको अवलोकन गरी वाली उपचार सेवा र कृषि परामर्श सेवा प्रदान गरिएको छ । यस्तै स्वास्थ्य सेवा तर्फ ५५ जनाको भीआइए परीक्षण, १ सय २० जनाको स्वास्थ्य परीक्षण (३२ जनामा सुगर, ३१ जनामा उच्च रक्ताचाप) तथा उपचार र औषधि वितरण तथा आङ खसेकाहरुको उपचार समेत गरिएको शिविर संयोजक तथा नगरपालिकाका योजना शाखा प्रमुख दुर्गा बहादुर थापाले बताउनुभयो ।

शिविरमा महिला ३५ र पुरुष २५ जना जेष्ठ नागरिक परिचय पत्र वितरण, एन्जाइटी भएका ३ जनालाई परामर्श सेवा, ७ वटा जन्म दर्ता, एक विवाह दर्ता, २८ वटा सिफारिस गरिएको छ र जसबाट ३३ हजार १ सय ५ रुपैयाँ राजश्व तथा मालपोत कर संकलन भएको छ ।
तानसेन नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष टुक प्रसाद भट्राईको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको सहभागितामा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com