2

Logo २०८३ बैशाख १३ आइतबार
सेवाग्राहीलाई सेवा प्रवाहमा सहज बनाउन तानसेन नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन

सेवाग्राहीलाई सेवा प्रवाहमा सहज बनाउन तानसेन नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
1K

पाल्पा ।

जिल्लाको तानसेन नगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन ‘नागरिक सहायता कक्ष’ सञ्चालन गरेको छ ।  आफ्नो सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन ‘सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो ।

नगरपालिकामा विभिन्न सेवा लिन आएका सेवाग्राहीलाई सरल ढङ्गबाट सेवा प्रवाह गर्न सहायता कक्ष सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सहायता कक्षमा एक जना कर्मचारीको व्यवस्था गरिएको छ । कर्मचारीले नागरिक आउने वित्तिकै के सेवा लिन आएको हो, सोधपुछ गरेर सहजीकरण गर्ने र आवश्यक सहयोग गर्नेछन् । यस्तै सहायता कक्षबाटै सेवाग्रहीले तीन कपी फोटोकपी सेवा निशुल्क पाउने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । सहायता कक्ष नगरपालिकाको प्रवेशद्वारमै राखिएको छ ।

सेवाग्रहीले लिन चाहेको सेवा सहज र सरल रुपमा प्रदान गर्न सहायता कक्षले सहयोग पु¥याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले धेरै महत्वपूर्ण सेवा दिएको छ तर सेवा कहाँ, कसरी, कहिले लिने भन्ने जानकारी नहुँदा सेवाग्राहीले अनावश्यक झण्झट र दुःख झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न सहायता कक्षबाट सहजीकरण गर्न थालेका हौँ । सहायता कक्षबाट प्रदान गरिने सेवा सानो भएपनि यसले सेवाग्रहीलाई खुसी बनाउने नगरपालिकाको भनाई छ ।

तानसेन नगरपालिकामा दिनहुँ पाँच सय बढी सेवाग्रही आउने गरेका छन् । तीमध्ये कुन कागजपत्रको फोटोकपी गर्ने, कुन कागजपत्र आवश्यक पर्ने, कुन सेवा कुन कक्षमा लिने भन्ने जानकारी नभएका सेवाग्राही आउने गरेका छन् । सामान्य जानकारी समेत नहुँदा सेवाग्राही आफैँले सास्ती बेहोर्नु परेको छ भने कार्यकक्षमा काम गरिरहेका कर्मचारीलाई सेवाग्राहीलाई सहयोग गर्दा नियमित काममा अबरोध आउने गरेको छ । त्यस्ता समस्याको समाधान गर्न नागरिक सहायता कक्ष प्रभावकारी बन्ने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सेवाप्रवाहलाई सरल र सहज बनाउनका लागि नागरिक सहायता कक्षले सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com