2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाली सेनाले पाल्पाका ऐतिहासिक किल्ला तथा गढीहरूमा पदयात्रा गर्ने

नेपाली सेनाले पाल्पाका ऐतिहासिक किल्ला तथा गढीहरूमा पदयात्रा गर्ने


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
1.2K

पाल्पा ।

नेपाली सेनाले पाल्पाका ऐतिहासिक किल्ला तथा गढीहरूमा पदयात्रा गर्ने भएको छ ।

जिल्लाको ऐतिहासिक गढी तथा किल्ला बाकुमगढी, माथागढी, तानसेन र नुवाकोटगढीमा सेनासहितको टोलीले पैदल यात्रा गर्ने भएको हो । नेपाल–अङ्ग्रेज युद्धताका प्रयोग भएका गढी तथा किल्लाको भ्रमण गरेर त्यसको प्रचारप्रसार गर्न सघाउ पुग्ने सेनाले जनाएको छ । यही चैत २८ गतेबाट गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली बैशाख २ गते पाल्पाको रामपुरस्थित केलादीघाटमाा आइपुग्ने दि फेमस महिन्द्र दल गणका प्रमुख सेनानी भुपेन्द्र गुरुङ्ले जानकारी दिनुभयो ।

सैनिक र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन, नेपालीको गौरवपूर्ण इतिहासप्रति आम नागरिकलाई जानकारी गराउन र अभिरुचि पैदा गर्न पदयात्रा गर्न लागिएको उहाँले बताउनुभयो । पदयात्राले ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्व पूरा हुने प्रमुख सेनानी गुरुङ्ले जानकारी दिनुभयो ।

सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहने सो गणका अप्रेसन अधिकृत जितबहादुर कार्कीले बताउनुभयो । पदयात्राले नेपाली सेनाले विगतको युद्धमा प्रयोग गरेका ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
टोलीले गोरखाबाट बुटवलसम्म पुग्दा ३०५ किलोमिटर दुरी पार गर्नेछन् ।

यस्तै ११ दिनसम्म हुने पदयात्रामा ६ दिन पाल्पाका ऐतिहासिक स्थलको पदयात्रा हुनेछ । पदयात्रामा सेनाको विभिन्न दर्जाका ५२ जना सहभागी हुनेछन् । सो टोलीले बैशाख ७ गते बुटवलमा पुगेर राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्रामा सहभागी टोलीले पाल्पामा मात्र १६५ किलोमिटर दुरी हिड्नुपर्नेछ ।

नेपाली सेनाले गत वर्षदेखि गोरखादेखि पश्चिमतर्फको पनि पदयात्रा सुरु गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com