2

Logo २०८३ बैशाख १५ मंगलबार
जोमसोममा दुबैतर्फी सडक अबरुद्ध

जोमसोममा दुबैतर्फी सडक अबरुद्ध


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
841

मुस्ताङ ।

मुस्ताङ सदरमुकाम जोमसोम नजिक मुख्य सडक अबरुद्ध भएको छ ।

आज बिहान करिब १० बजे मुस्ताङ जिल्ला सदरमुकाम स्थित घरापझोङ गापा वार्ड न ४ नेपाल बैक लिमिटेड स्थित सडकमा तलबाट सडक भासिन जादा दुबैतर्फी सडक अबरोध भएको हो । कालीगण्डकी नदी किनारमा झण्डै ५० मिटर क्षेत्र भासिन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

जिप्रकाबाट प्रनाउ पाण्डेको कमाण्डमा टोली खटि गई सडक बिभागको डोजरको सहायताले सडक सुचारु गराउने पहल भईरहेको छ । पहिरो गएयता र उता गरि २ पाङ्ग्रे र चार पाङ्ग्रे गरि झण्डै ३०० साना ठुला गाडी रोकिएका छन् । प्रहरीले गाडीलाई केही पर नै रोकेर बाटो खुलाउन नियमित प्रयास गरिरहेको छ ।

पहिरो क्षेत्र कागबेनीबाट ११ किलोमिटर अगाडि र मुक्तिनाथबाट २२ किलोमिटर तल जोमसोम खण्डमा गएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com