जन्मदिन मनाउने फरक र उत्कृष्ट शैली, सरसफाईकर्मी सम्मानित, वाह! भण्डारी
पाल्पा ।
जन्मदिनमा भड्किलो खर्च नगरी सामाजिक भावनाले फरक शैलीले जन्मदिनको खुशीयाली साटासाट गर्दा पाल्पाका सामाजिक व्यक्तित्व शंकर भण्डारीको धेरैले प्रशंसा गरेका छन् ।
पश्चिमी सस्कृतिको सिकोमा केक काटेर होटेल पार्टी, प्यालेशमा जन्मदिन मनाउने चलनका बिच तानसेन नगरपालिकामा कार्यरत भण्डारीले नगरपालिकाको सरसफाइमा काम गर्ने सरसफाईकर्मीलाई सम्मान गरेर जन्मदिन मनाउनुभएको छ ।
पाल्पाको रैनादेबी छहरा गाउँपालिका २ घर भई पछिल्लो समय तानसेनमा रहेर नगरपालिकामा सरसफाइ शाखा प्रमुखका रुपमा कार्यरत शंकर भण्डारीले काम सानो नहुने र हरेक मानिसको स्वास्थ्य र जीवन संग सरोकार राख्ने र समाजलाई स्वच्छ बनाउन हरदम लाग्ने साेही शाखाका कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो ।
सरसफाईकर्मी जिवन्त अरु र समाजको हितको लागि तल्लिन हुने बताउदै भण्डारीले उहाँहरुको सम्मानमा सम्झिएको बताउनुभयो । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा दैनिक रूपमा आफुसँगै काम गर्ने कर्मचारीहरूसँग अनुभवकाे आदान प्रदान गर्ने मनसायले सम्मान एवम भेटघाट कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
भण्डारीले ४० औ जन्मदिनकाे अवसरमा नगरपालिकाकाे सरसफाइ शाखामा कार्यरत १८ जना सरसफाइ कर्मीलाई दाेसल्ला र टीका लगाइ सम्मान गर्नुुुभएको हो । विगत लामाे समय सम्म पत्रकारीता क्षेत्रमा रहनुुुभएका भण्डारीले देशमा उच्च स्तरकाे संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था आए पनि तल्लो बर्ग अझ पनि पिल्सनुपरेको तितो यथार्त्थ व्यक्त गर्नुुुभयो ।
सरकारले सिमान्तकृत वर्गका नागरिकहरूले ढुक्कसँग काम गर्न सक्ने हैसियत बनाउने गरि उत्थान गर्नुपर्ने बताउनुभयो । आफु नगरपालिकाकाे सरसफाइ शाखा प्रमुख भएको नाताले जब सम्म शाखामा कार्यरत सरसफाइ कर्मीहरूकाे आर्थिक हैसियत,सामाजिक हैसियत सबल बन्दैन केक काट्नुको मज्जा नहुने तर्क गर्नुभयो । शाखा प्रमुख भण्डारीले सरसफाइ कर्मीलाई नगरपालिकाबाट पाउने सेवा सुविधा सहज उपलब्धता, सरसफाइ कर्मीहरूकाे परिवारकाे सवलीकरणकाे लागि निरन्तर कार्य गर्दै आएकाे उल्लेख गर्नुभयो ।