2

Logo २०८३ बैशाख १३ आइतबार
समाज रुपान्तरणमा सारेमकाे भूमिका महत्वपूर्ण: मन्त्री शर्मा

समाज रुपान्तरणमा सारेमकाे भूमिका महत्वपूर्ण: मन्त्री शर्मा


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र २३ २०८०
883

पाल्पा । 

सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सव तथा पच्चिसौँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यम्को भूमिका अग्रणी रहेको बताउनुभएको छ ।

उहाँले स्थानीय समुदायको सचेतनामा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम् समग्रतामा केन्द्रित रहने भएपनि स्थानीय सञ्चारमाध्यम्को समाज रुपान्तरणमा बढी भूमिका रहने मन्त्री शर्माले बताउनुभयो । यसलाई थप समुदायकै सहयोगमा सबल बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

मन्त्री शर्माले सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्न सकेकोमा प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको शर्माले बताउनभयो । उहाँले गत वर्षदेखि नै विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने वातावरण बनेको र भ्रष्टाचार नियन्त्रणका लागि सरकार दृढ भएर काम गरिरहेको बताउनुभयो । उहाँले माथिल्लो तहमा पुगेका मानिसले जे पनि गर्न सक्छ भन्ने कुरालाई सरकारले गलत सावित गरेको र गल्ती गर्ने कारबाहीको भागिदार हुनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले सामुदायिक सञ्चारमाध्यम्को विकास र संरक्षणमा सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै अर्का प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले लोकतन्त्रको रक्षाका लागि सामुदायिक रेडियोले खेलेको भूमिका गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, प्रदेशसभाका सदस्य खेमबहादुर सारुलगायतले शुभकामना दिनुभयो ।

यस्तै तानसेन नगरपालिकका प्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले रेडियोलाई शुभकामना दिनुभयो । रेडियोका प्रवन्ध निर्देशक गुणकर अर्यालले रेडियोको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्था, स्थापनाकालका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षता, तानसेन ८ का वडाअध्यक्ष सोमनाथ अर्यालको स्वागत र सञ्चालक समितिका सचिव राजेशकुमार अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा दमकडा मावि, दिव्यज्याेति मावि, शारदा माविका विद्यार्थीहरूले संस्कृति झल्किने लाेपाेन्मुख गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
यसैबीच रजत महोत्सवको अवसरमा प्रकाशित बोली बुलेटिन र भित्तेपात्रो समेत विमोचन गरिएको छ । महाेत्सवकाे अवसरमा रेडियाेले तीनमहिना अघिदेखि नै विविध कार्यक्रम गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com