पिकअपको ठक्करबाट पाल्पाको रम्भामा एक युवा घाइते
पाल्पा ।
स्याङ्जाको गल्याङ्गबाट चितवन तर्फ जाँदै गरेको पिकअप भ्यानले रम्भा १ मा एक युवालाई ठक्कर दिएको छ ।
गाडीको ठक्करबाट रम्भा १ हुगीका २७ बर्षका बालकृष्ण जि.टि. घाइते भएको प्रहरीले जनाएको छ । उनको हात र खुट्टामा चोट लागेको स्थानीय युवराज पौडेलले जानकारी दिनुभयो ।
कालीगण्डकी नदी माथिको हुगीको पुलको पाल्पा तर्फ बाटो छेउमा रहेका ती युवालाई ना ४ च ८१११ नम्बरको पिकअपले ठक्कर दिएको हो ।
ठक्करपछी पिकअप भ्यान भागेकोमा स्थानीयले चालक सहित गाडी प्रहरीमा बुझाएका छन् । जिटिलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।