2

Logo २०८३ बैशाख १४ सोमबार
महाबिर पुन सोमबार र मंगलबार पाल्पामा पुस्तक बेच्दै

महाबिर पुन सोमबार र मंगलबार पाल्पामा पुस्तक बेच्दै


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०
1.7K

पाल्पा ।

मध्य पहाडी लोकमार्ग हुँदै पुर्व बढेका आबिष्कार डा.महाबिर पुनले सोमबार र मंगलबार पाल्पामा पुस्तक बेच्दै छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सोमबार पाल्पामा ६ सय बढी पुस्तक बिक्रि गरेका छन् । जहाँ पुग्छन् महाबिर त्यहाँ पुस्तक किन्ने स्थानीयको भिडभाड बढेको छ ।

वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि उनीले सरकार संग आग्रह गरेर काम गर्ने बेला पैसा नआएपछि पुनले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक आफ्नै आत्मकथा पुस्तक विक्री थालेका हुन् । पुस्तक बिक्रिबाट आएको रकमले उद्योग खोल्ने उनको सपना छ। झण्डै ३ करोड जनसंख्याको १ प्रतिशत अर्थात् ३ लाखले पुस्तक किनेपनि कारखाना चल्ने उनको भनाई छ ।

यो यात्रा उनले महाकालीबाट थालेका हुन् । अभियानको ८५ औं दिनमा उनी पाल्पा आइपुगेको बताए । ८६ औं दिनमा पनि पाल्पा तानसेनमा रहेर पुस्तक बिक्रि गर्ने समयतालिका रहेको उनले बताएका छन् । रामपुरमा स्त्थानीय क्लव, संघ सस्त्थ संग सम्न्वय गरि पुस्तक बिक्री भएको हो । सोमबार पुस्तक विक्री गर्नका लागि रामपुरको मुख्य बजार बेझाँड, विजयपुर, किसानबारी क्षेत्रमा पुग्नुभएको थियो ।

रामपुर नगरपालिकाको कार्यालयमा पुग्नु भएका पुनलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ र रामपुर नगर प्रमुख रमण बहादुर थापाले पाल्पाली ढाकाटोपी र खादा ओढाएर स्वागत गर्नु भएको थियो । त्यस्तै शहीद बहुमुखी क्याम्पस, ज्योतिपुञ्ज युवा क्लव, रामपुर अस्पताल, उपकार मार्ट, भूपू सैनिक इङ्गलिस बोर्डिङ, आधारभूत मावि, रामपुर रामपुर अंग्रेजी आवासिय मावि, रामपुर बचत तथा ऋण सहकारी संस्था लगाएतका संघ संस्था संगै विभिन्न व्यक्तिहरुले स्वागत गरेका थिए ।

पुनलाई एकिकृत मगर उत्थान समाज रामपुर तथा नेपाल मगर संघ रामपुरले देविस्थानमा कार्यक्रम गरी संयुक्त रुपमा स्वागत सहित सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानााले गर्नु भएको थियो । रामपुर युवा क्लवले बेझाँड चोकमा कार्यक्रम गरी पुस्तक विक्रीको व्यवस्था गरेको थियो ।

रामपुर युवा क्लवले रामपुर बजार चोकमा सहजीकरण संगै सहकार्य गरेको छ । क्ल्बका अध्यक्ष छम बहादुर दरैंको अध्यक्षतामा कार्यक्रम गरी पुस्तक विक्री गरेको हो । विभिन्न स्थानमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याई कृषि आधुनिकीकरणका गर्नका लागि सामाग्री निर्माण गर्ने लक्ष्यका साथ अभियानमा हिडेको पुनले बताउनुभयो । २०४९ देखि बन्द भएको कारखाना सञ्चालनका लागि नेपाली जनताको सहभागीता हुने गरी खर्च जुटाउन पुस्तक लेखेर विक्रीको अभियानमा हिडेको उहाँले बताउनुभयो ।

पुस्तक खर्च जुटाउनका लागि मात्र नभै युवाहरुको साचाई परिवर्तन संगै राष्ट्रको लागि योगदान दिन अभिप्रेरित गर्नु मुख्य उद्देश्य रहेको पुनले उल्लेख गर्नुभयो । महाकालीबाट सुरु भएको यात्रा पाल्पा आइपुग्दा ७४ हजार पुस्तक बिक्रि भएको बताउदै ठुला शहर र जनघनत्व भएको जिल्ला पुग्न बाकी रहेको बताउनुभयो ।

सोमबार एकै दिन रामपुर बाट ६ सय ४२ प्रति पुस्तक विक्री भएको रामपुर युवा क्लवका सचिव सुन्दर कडेलले जानकारी दिनुभयो । यसैबिच रामपुर नगरपालिकाले १०० थान पुस्तक लिएर सहयोग गरेको छ । रामपुरमा किताब विक्री पश्चात पुन मंगलबार पाल्पाका अन्य स्थान हुँदै सदरमुकाम तानसेन पुग्नुभएको छ । तानसेनमा पुनले मंगलबार अबेरसम्म पुस्तक बिक्रि गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com