2

Logo २०८३ बैशाख १४ सोमबार
अस्पतालबाट ३ दिनसम्म नउठेको शब युवा क्लब र प्रशासनको समन्वयमा व्यबस्थापन

अस्पतालबाट ३ दिनसम्म नउठेको शब युवा क्लब र प्रशासनको समन्वयमा व्यबस्थापन


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र १६ २०८०
2.6K

पाल्पा ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेका एक पुरुषको शब ३ दिनपछि स्थानीय युवा क्लब र प्रशासनले व्यवस्थापन गरेको छ ।

पाल्पाको रामपुरमा कोठा भाडामा बस्दै आएका ३६ बर्षका भोला प्रसाद श्रीवास्तव गत चैत १३ गते रामपुर ५ नहरअफिसको भाडामा बस्दै आएको कच्चीघरमा घाटीमा पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका थिए ।

पर्साको बिरगंज ८ घर भई उनीहरू रामपुर बस्दै आएका थिए । दाङ घोराही माईती भएकी श्रीमती माया मुखिया श्रीवास्तवले कमजोर आर्थिक अबस्था भएकाले शब अस्पतालबाट उठाउन नसकेको बताइन् । ३ दिनसम्ममा श्रीमती बाहेक अन्य आफन्तीजन सम्पर्कमा नआएपछि सरोकारवालाको उपस्थितिमा शब व्यबस्थापन गरेको छ । अस्पतालमा नै शब रहेपछि इलाका प्रशासन, इलाका प्रहरी कार्यालय र रामपुर युवा क्लबका युवाहरुको समन्वयमा शब व्यवस्थापन गरेको हो । ४ हजार खर्चमा क्लबले पहल गरेर शव व्यबस्थापन गरेको रामपुर युवा क्लबका अध्यक्ष छम बहादुर दरैले जानकारी दिनुभयो ।

घरको आर्थिक अबस्था कमजोर भएको र शब उठाउनै नसक्ने अबस्था भएपछि उनको घरपरिवार र प्रशासनको समन्वयमा शब व्यवस्थापन गरेका हौं इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख शालिकराम खनालले भन्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com