ट्याक्टर दुर्घटनामा च्यापिएका चालकको उद्दार
पाल्पा ।
कालीगण्डकी करिडोर सडक खण्ड अन्तर्गत पाल्पाको रामपुर नगरपालिका–२ मा सडकमा नै पल्टिएर भएको ट्याक्टर दुर्घटनामा चालकको उद्दार भएको छ ।
ट्याक्टरले च्यापिएका घाईते चालकलाई जेसिभि ल्याएर उद्दार गरिएको हो । ना ७ त ११२ नम्बरको ट्याक्टर भलायटार निस्दीखोलाको उकालोमा बाँदरकुनामा दुर्घटना हुँदा बर्दिया घर भएका चालक ३७ वर्षिय मुन्सी थारु घाईते भेका हुन् ।
बुधबार अपरान्ह निस्दी खोला पुल निर्माणको लागि खोलाबाट पानी लिएर जाने क्रममा करिडोरको उकालो घुमाउरो सडकमा ट्याक्टर सडकमा नै पल्टिएको थियो । ट्याक्टरले च्यापिएर चालक घाईते थिए । ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले घाईते चालकको रामपुर अस्पतालमा उपचार भैरहेको बताउनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।