2

Logo २०८३ बैशाख १३ आइतबार
समाजबादीबाट अलग्गिएका मनाङ्गे बने भौतिक पुर्वाधार तथा यातायात मन्त्री

समाजबादीबाट अलग्गिएका मनाङ्गे बने भौतिक पुर्वाधार तथा यातायात मन्त्री


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र ५ २०८०
673

काठमाण्डाै ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो । गुरुङ २०७९ सालको चुनावमा मनाङ ‘ख’ बाट स्वतन्त्ररूपमा निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको गुरुङको भनाइ छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।

राप्रपाले गठबन्धनमा नजाने बताएकाले गुरुङ मन्त्री बनेपछि मुख्यमन्त्री पाण्डेलाई सरकार जाेगाउन सजिलो भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com