2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरमा २७ परिक्षा केन्द्रमा नगरस्तरीय परीक्षा

रामपुरमा २७ परिक्षा केन्द्रमा नगरस्तरीय परीक्षा


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र ३ २०८०
1.6K

पाल्पा ।

रामपुर नगरपालिकामा २७ परिक्षा केन्द्रमा कक्षा ८ को नगर स्तरीय परीक्षा हुदैछ । सामुदायिक र संस्थागत गरि ६० विद्यालय रहेको रामपुर नगपालिकाका २७ आधारभूत तह अर्थात् कक्षा ८ सञ्चालित रहेका विद्यालयको परीक्षा हुन लागेको नगरपालिकाले जनाएको छ ।

नगरका सबै सामुदायिक विद्यालयमा चैत ४ गतेबाट बार्षिक परीक्षा शुरु हुनेछ । सोही बार्षिक परीक्षासँगै नगरस्तरीय परीक्षा पनि सञ्चालन गरिएको रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख बिकल काफ्लेले जानकारी दिनुभयो । बार्षिक परीक्षा पनि सँगै भएकाले कक्षा ८ को परिक्षा दिने २७ विद्यालयको परिक्षा सोही विद्यालय केन्द्रमा नै गर्ने गरि तयारी भएको हो । जसका लागि २७÷२७ केन्द्राध्यक्ष र निरिक्षक तोकिएको छ । शुक्रबार विद्यालय केन्द्राध्यक्ष र शनिवार विद्यालय निरिक्षकलाई अभिमुखीकरण गराईएको छ । संस्थागत विद्यालयका पनि कक्षा ८ को परीक्षा सँगै चैत ४ बाटै हुनेछ, भने संस्थागत विद्यालयको बार्षिक परीक्षा भने आगमी चैत १४ गतेबाट सञ्चालन हुनेछ ।

राज्यले स्थानीय तहले कक्षा ८ को आधारभूत तहको परीक्षा लिने जिम्मेबारीसँगै कक्षा ८ को परीक्षा स्थानीय तहले लिदै आएको छ । रामपुर नगरपालिकामा आइतबार देखि हुने आधारभूत तह कक्षा ८ को परीक्षाको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाबाट यस शैक्षिक सत्रमा २७ विद्यालयका ९ सय ५० विद्यार्थीले परीक्षा दिने शिक्षा प्रमुख काफ्लेले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com