2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको तदर्थ समिति गठन

नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको तदर्थ समिति गठन


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र ३ २०८०
1.5K

पाल्पा ।

नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको तदर्थ समिति गठन भएको छ । शुक्रबार तानसेनमा भएको भूतपूर्व सैनिकहरुको भेलाले संघको तदर्थ समिति गठन गरेको हो ।

भेलाले कमल विक्रम खाँणको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसको सदस्यहरुमा ल्याप्टेन सिवराज थापा, सुुवेदार चक्रबहादुर राना, ह.ना.सु. तिलबहादुर राना, ह.क्या. बलहादुर जिसी, अ.क्या.देवबहादुर थापा मश्राङ्गी, ह.खड्क बहादुर शाही, ह. लक्ष्मण केसी, सु. हिरासिं राना, सु.टिकाराम राना, सु.हेमबहादुर सारु, ह.पूर्णबहादुर गाहा, अ.क्या. ओमबहादुर थापा, ना.सु. डुरेन्द्र बहादुर आले र ह.लेख बहादुर राना चयन भएको निर्वाचन अधिकृत टंकनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँँका अनुसार समितिमा थप १४ जना सदस्य मनोनित गरी समितिले पूर्णता पाउनेछ ।
सोही समिति भित्रबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष चयन हुनेछन् । यो समितिले संघको निर्वाचन गराई कार्यसमिति चयन गर्ने छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभई झुपडीका घरहरुबाट गरिबी हटाउनु रहेको बताउनभयो।सभापति श्रेष्ठले भूपु सैनिकहरुको संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउदैै नागरिकको जीवनस्तर उकास्न समेत लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले भूतपूर्व सैनिक अत्यन्त अनुसाशित संगठन रहेको बताउनुभयो । भेला बिष्णु बहादुर गाहाको अध्यक्षतामा बसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com