2

Logo २०८३ बैशाख १४ सोमबार
स्थानीयतहको कार्यसम्पादनमा रिब्दीकोट गाउँपालिका जिल्लामै पहिलो

स्थानीयतहको कार्यसम्पादनमा रिब्दीकोट गाउँपालिका जिल्लामै पहिलो


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ३० २०८०
1.4K

पाल्पा ।

स्थानीयतहको कार्यसम्पादनमा पाल्पाको रिब्दीकोट गाउँपालिका पहिलो स्थानमा परेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा पाल्पाका १० स्थानीयतह मध्य रिब्दीकोट गाउँपालिका बार्षिक कार्यसम्पादनमा जिल्लामै प्रथम भएको छ । राष्ट्रिय प्राकृति स्रोत तथा बित्त आयोगको मुल्यांकन पुनरावलकनमा रिब्दीकोट गाउँपालिकाले ६५.०९ अंक प्राप्त गरी जिल्ला प्रथम हुन सफल भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचक बनाएर स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकन गरेको हो ।आयोगले  समयमा बजेट, बेरुजु असूल गर्ने, योजना तर्जुमा गर्ने, बजेट र राजश्वको अनुमान गर्ने, विद्यार्थी भर्ना बढाउने, टिकाउने, पूर्ण रुपमा खोप पुऱ्याउने, गर्भवतिको गुणस्तर बढाउने, बालबालिकालाई संस्थामा सुत्करी गराएर आमा र स्वास्थ्य जाँच गराउने, स्वास्थ्य बच्चाको जीवन सुरक्षित बनाउने, समयमा राजश्व र व्ययको अनुमान नगर्ने, बजेट पेश गरी पारित नगर्ने, समिक्षा नगर्ने, कमजोरीहरु सुधार नगर्ने, बेरुजु असूलीमा मतलब नगर्ने, संघीय सरकारबाट पाएको बजेटलाई पहुँचका आधारमा मनपरी बितरण आवश्यकताका आधारमा नभई गर्ने, शिक्षा, स्वास्थ्यको प्रभावकारी प्रबन्ध नगर्ने जस्ता बिषयहरुमा स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकन गरेको थियो ।

स्थानीय तहबीच सकारात्मक प्रतिस्पर्धा होस् भन्ने हेतुले आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com