नेपाली समाज यूएईको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
युएई ।
नेपाली समाज युएईको आयोजनामा ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खुल्ला बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
बरदुबईको पिङ्की रेष्टुरेण्टको हलमा भएको कार्यक्रममा युएईमा कार्यरत नेपाली महिला दिदिबहिनीहरूको उल्लेख सहभागिता थियो । दिदीबहिनीको क्षमता अभिवृद्दि गर्ने उदेश्यले महिला ससक्तिकरण अभियान अनुरुप पहिलो पटक प्रतियोगिता आयोजना गरेको नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले बताउनुभयो ।

प्रतियोगितामा १९ जना महिलाले भाग लिनु भएको थियो भने अन्य बिबिध रमाइलो प्रस्तुति समेत भएको थियो । प्रतियोगितामा प्रथम गुल्मी सेवा समाज युएईकी उपाध्यक्ष सरस्वती पौडेल, द्दितिय सैनामैना सेवा समाजकी सुस्मा सुनार, तृतीय दिपा सुवेदी र सान्त्वना एन्जल बिष्ट हुनुभएको महासचिव केदार कुँवरले जानकारी दिनुभयो ।
बिजयी प्रतियोगीलाई पुरस्कार बितरण गर्दै समाजका प्रमुख सल्लाहकार गोविन्द ढकालले व्यस्त परदेशमा पनि नेपालीको एकतृत भावना र बिबिध अभियानको प्रशंसा गर्नुभयो । सल्लाहकार एवं निर्णायक मण्डल संयोजक निमेष गिरी, सल्लाहकार एवं निर्णायक मण्डल सदस्य लक्ष्मण खनाल, सल्लाहकार एकेन्द्र बहादुर थापा, सल्लाहकार लाल बहादुर ढेंगा, पार्षद् अध्यक्ष राम मोक्तान, वरिष्ठ उपाध्यक्ष कमल गिरी लगायतले समाजले खेलेको भुमिकाको चर्चा गर्नुभएको थियो ।
समाजका अध्यक्ष बेद प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम समापनमा विशेष कार्यक्रम सफल पार्न महत्वपूर्ण भुमिका खेल्ने सबैलाई अध्यक्ष अर्यालले धन्यवाद दिदै महिला दिदिबहिनीहरूको सहभागिता समन्वय गर्ने नेपाली समाज महिला विभाग, सनातन गौं संरक्षण यूएई लगायत सबैलाई धन्यवाद सहित नियमित कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष रामबाबु न्यौपानेले जानकारी दिनुभयो ।