2

Logo २०८३ बैशाख १३ आइतबार
रैनादेवी छहरा गाउँपालिकामा दाते ओखर लगाइने

रैनादेवी छहरा गाउँपालिकामा दाते ओखर लगाइने


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
2.2K

पाल्पा ।

रैनादेवीछहराले गाउँपालिकाको विभिन्न स्थानमा दाते ओखर लगाउने भएको छ । पालिकाले किसानलाई ५ सय बढी दाँते ओखरको विरुवा वितरण गरेको  छ ।

डिभिजन वन कार्यालय पाल्पासँगको समन्वयमा गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ नं वडाका कृषकहरूलाई ५ सय ५ वटा दाँते ओखरको विरुवा वितरण गरेको गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईले बताउनुभयो ।रैनादेवी छहरा गाउँपालिकाको ३ नं वडा कार्यालयमा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानहरुलाई ओखरका विरुवा हस्तान्तरण गर्नुभयो । उहाँले गाउँको खेर गइरहेको जंगलमा वनकाष्ठ पैदावार दाँते ओखर, गैरकाष्ठ पैदावर तेजपात, टिमुर लगायतका आयआर्जन मुलक विरुवा लगाउन आग्रह समेत गर्नुभयो ।

कृषि र पशुपालनमा गाउँपालिकाले सदैव सहयोग गरेको बताउदै अध्यक्ष भट्टराईले आयआर्जनका लागि कृषिमा जोड दिईएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले ओखरका लागि उपयुक्त क्षेत्रमा  डिभिजन वन कार्यालयको समन्वयमा बिरुवा बितरण गरिएको बताउनुभयो ।कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष प्रदिप पौडेल, वन प्राविधिक सुरुचि भट्टराईले नियमित रेखदेख गर्दै यही बिरुवाबाट अझ बिस्तार गर्न सकिने बताउनुभयो । उहाँहरुले  कृषकहरूलाई बितरण गरेको विरुवाको संरक्षण गर्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com