2

Logo २०८३ बैशाख १४ सोमबार
चापाकोट नगरपालिका ६ ले मनायो अन्तराष्ट्रिय नारी दिवस

चापाकोट नगरपालिका ६ ले मनायो अन्तराष्ट्रिय नारी दिवस


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन २६ २०८०
1K

स्याङ्जा ।

स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ६ ले अन्तराष्ट्रिय नारी दिवस सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरेर मनाएको छ ।

अन्तरक्रियाको शुभारम्भ गर्दै चापाकोट नगरपालिकाका उपप्रमुख इशा रानाले महिला निकै मेहनत र परिश्रमले घरबाट बाहिर निस्केको बताउनुभयो । पहिले बाहिर निस्कन सक्ने अबस्था थिएन, अहिले समाजमा चेतना बढ्दै गएको छ, गलत काम गर्नुुहुदैन तर समाजले के भन्छ भनेर पछि हट्न पनि हुदैन उहाँले भन्नुभयो–अबसर लिन प्रयत्न गर्नुपर्दछ । पहिले आफु अलि ढिलो घर पुग्दा घर परिवार र समाजको दहकस मान्नुपर्ने अबस्था थियो रानाले भन्नुभयो–अहिले अधरातमा घर पुग्नुपर्ने हुन्छ,पुरुषको सेरोफेरो रहेर काम गर्नुपर्र्छ कसैले केही भन्ने हिम्मत हुदैछ, एक त पदले सहज गरायो अर्काे आफु गलत नभएपछि डर त्रास पनि हुन्न रहेछ ।

तालिमका प्रशिक्षक तथा पत्रकार सीता डोटेलले सहजिकरण गर्नुभएको छलफलमा बोल्दै उहाँले आम महिलाको पहुँच, अबसर र समताका लागि गरिएका चुनौती, संघर्ष र बलिदानलाई आम महिलाको सफलताको रुपमा लिनुपर्ने बताउनुभयो । जानेर वा नजानेर महिलामाथि विभेद समाजमा भइरहेकोमा अब घरबाटै समान व्यवहारमा आफैंले पाइला चाल्नुपर्ने बताउनुभयो । मताधिकारको प्रयोग र महिला अधिकारका लागि भएको महिलाको दोस्रो विश्व सम्मेलनले अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाउन थालेको इतिहास बताउदै उहाँले क्लारा जेटकिन यसको संस्थापक मात्र नभई एक आत्मशाली नारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षिका केशवती अधिकारीले नारी शक्ति एक भएर लाग्नुपर्ने बताउदै हिजोआज समाजमा महिलामाथिका ज्यादती कम हुन जानु सकारात्मक भएको उल्लेख गर्नुभयो ।
शान्ति आमा समुहकी अध्यक्ष बेल कुमराी रानाले महिला अधिकार मात्र नभई कर्तव्य पनि भुल्न नहुने बताउनुभयो । समाजमा सबै पुरुष खराब मात्र नभई असल पुरुष र खराब महिला पनि रहेको उल्लेख गर्दै समाजमा भएगरेका बिकृतिको अन्त्य गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

चापाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तारादेवी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले महिला बिरुद्धका सबै खाले हिंसाको अन्त्यका लागि समाजका सबै पुरुष महिला एकजुट हुुनुपर्ने बताउनुभयो । उहाँले समाजमा महिला सबै पछाडी नरहेको बताउदै विविध परिवर्तन सँग महिलाको प्रतिनिधित्व हुदै आएको बताउनुभयो । प्रजातन्त्रदेखि गणतन्त्रात्मक राज्य सम्म आउदा महिला राष्ट्रपति जस्तो सम्मानित पदमा रहने गरि संविधानमै व्यवस्था भएको उल्लेख गर्दै उहाँले अबसर लिने गरि अग्रसर हुनपनि महिलालाई आग्रह गर्नुभयो । चापाकोट नगरपालिकामा महिला वडाध्यक्ष भएकै वडामा नारी दिवस मनाउन सार्थक भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष पोखरेलको अध्यक्षतामा वडा कार्यालय परिषरमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव इन्दिरा न्यौपानेले गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com