2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय महिला भलिबल प्रतियोगिता, एपीएफ र बागमती सेमिफाईनल नजिक

राष्ट्रिय महिला भलिबल प्रतियोगिता, एपीएफ र बागमती सेमिफाईनल नजिक


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
1.1K

पाल्पा ।

रामपुरमा जारी प्रथम लुम्बिनी कप अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ र बागमती प्रदेश सेमिफाईनलको नजिक पुगेका छन् । शनिबार भएको खेलमा एपीएफ क्लवले लुम्बिनी प्रदेश र बागमती प्रदेशले कोशी प्रदेशलाई सोझो सेटमा पराजित गरेसंगै यी दुवै टिम लिग चरणको दुई/दुई खेल जित्न सफल भए ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धनमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फ रहेको एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई सोझो सेटमा हराउन सफल भयो । दोस्रो खेलमा लुम्बिनीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेट २५-१०, दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१३ अंक सहित सशस्त्र प्रहरी बल एपीएफले आफ्नो पक्षमा लिएको हो ।

त्यस्तै एपीएफले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । आज भएको दोस्रो खेलमा पनि कोशी प्रदेशलाई बाग्मतीले सोझो सेटमा पराजित गर्न सफल भयो । पहिलो सेट बागमतीले २५-० अंकले जित्न सफल भएको थियो । दोस्रो र तेस्रो सेट पनि २५-६  र २५-८ अंकका साथ सहजै आफ्नो पक्षमा लिएको हो । समूहको अन्तिम खेल एपीएफले गण्डकी प्रदेश र बागमतीले मधेश प्रदेश संग खेल्नेछ ।

आजै भएको कोशी प्रदेश र मधेश प्रदेश विचको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ३-१ सेट सहित पराजित गर्दै जितको यात्रा सुरु गरेको छ । पहिलो सेटले २३-२५ अंकका साथ गुमाएको थियो । दोस्रो, तेस्रो र चौथो सेट भने २७-२५, २५-१८ र २५-१८ अंकका साथ जित्दै विजयी हुन सफल भएको हो । त्यस्तै शुक्रबार लुम्बिनी संगको खेलमा पराजित भएको गण्डकी प्रदेशले आजको खेलमा जित निकाल्न सफल भएको छ । कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै जित निकाल्न सफल भएको हो । गण्डकीले २५-१२, २५-१४ र २५-२० अंक सहित जित निकालेको हो ।

अन्तिम खेल सुदुर पश्चिम प्रदेश र मधेश प्रदेश विच भएको थियो । समय अभावका कारण २-२ सेटको बराबरीमा खेल रोकिएको हो । सहभागी आठ समूह मध्ये समूह ‘ए’ तर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह ‘वि’ तर्फ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । हाल सम्म समुह चरणको खेलमा समूह ‘ए’ तर्फ एपीएफ क्लबले दुई खेल, लुम्बिनी प्रदेश र गण्डकीले १/१ खेल, समूह ‘वि’ तर्फ बागमतीले २ खेल र कोशी प्रदेशले १ खेल जितेको छ ।

शनिबार रोकिएको खेल आईतबार विहान हुने आयोजकले जनाएको छ । त्यस पश्चात कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विच प्रतिस्पर्धा हुनेछ । त्यस पश्चात क्रमश बागमती प्रदेश र मधेश प्रदेश, एपीएफ क्लव र गण्डकी र सुदुरपश्चिम र कोशी विच हुनेछ । आईतबारको खेल संगै समुह चरणको खेल सम्पन्न हुनेछ । त्यस पश्चात सोमबार सेमिफाईनल खेल र मंगलबार फाईनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद २ लाख ५० हजार, १ लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com