राष्ट्रिय महिला भलिबलको उद्घाटन खेलमा लुम्बिनी र गण्डकी बिच हुने
पाल्पा ।
पाल्पाको रामपुरमा शुक्रबार हुने प्रथम लुम्बिनी महिला भलिबल प्रतियोगिता २०८० को उद्घाटन खेल लुम्बिनी प्रदेश भलिबल टिम र पाहुना टोली गण्डकी प्रदेशसंग हुने भएको छ ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रबद्र्धन प्रायोजक, नेपाल भलिबल महासंघको संयोजन, पाल्पा जिल्ला खेलकुद विकास समिति र प्रदेश भलिबल संघको समन्वय, रामपुर नगरपालिका संरक्षक, रामपुर उद्योग वाणिज्य संघ प्रबद्र्धन रहेको प्रथम लुम्बिनी महिला भलिबल प्रतियोगिता २०८० को पाल्पाको रामपुरमा फागुन १८ देखि २२ गतेसम्म हुदैछ ।
उद्घाटन खेलमा गण्डकी प्रदेशसंग लुम्बिनी प्रदेशले खेल्ने छ । खेलकुदको उर्वरभुमिका रुपमा पहिचान बनाएको लुम्बिनी प्रदेशमा १० वर्षको अन्तरालमा राष्ट्रिय महिला भलिबल कप प्रतियोगिता पाल्पाको पुर्व रामपुरमा आयोजना गरिएको हो ।
लुम्बिनी प्रदेश टिम निशा चौधरीको कप्तानीमा आरती चौधरी, अनुषा चौधरी, संचिता चौधरी, सलिना चौधरी, प्रतिभा चौधरी, एलिना चौधरी, मिना सुनार, रितु पुनमगर, रिचा थापा, रोजी थापा, जिना राना छन्।
यसैगरि टिम प्रशिक्षक अर्जुन घिमिरे, सहायक प्रशिक्षक हस्ती थारु, ब्यवस्थापक लालप्रकाश थापाले उत्कृष्ट हुने गरि खेल प्रदर्शन हुने बताउनुभयो ।
गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङका अनुसार गण्डकी प्रदेश अरुणा शाहीको कप्तानीमा खेलमा सहभागिता जनाउदैछ ।
गण्डकीको टोलीमा एलिशा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोइङ्ग थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुसी पुन, रेविना घर्ती मगर र अनिशा रोका रहेका छन् ।
त्यसै गरी टिमको प्रशिक्षक मलिन रोका मगर, सहायक प्रशिक्षकमा समित गुरुङ र टिम म्यानेजरमा पूर्ण बहादुर गुरुङ ‘जापान’ रहेका छन् ।