पाल्पामा फागुन १५ गते जिल्लाभरका पालिकाले दिए स्थानीय बिदा
पाल्पा ।
मगर एकता दिवसकाे दिन भाेलि फागुन १५ गते जिल्लाभर स्थानीय बिदा दिइएकाे छ ।
जिल्लाकाे तानसेन नगरपालिका, रामपुर नगरपालिका सहित निस्दी, पुर्वखोला, रम्भा, माथागढी, बगनासकाली, रिब्दीकोट, तिनाउ र रैनादेवीछहरा गाउँपालिकाले बिज्ञप्ति निकालेर बिदा दिएका हुन् । नेपाल मगर संघ स्थापना भएकाे दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् ।
मगर समुदायकाे विशेष पर्व तथा एकताकाे दिन भएकाले स्थानीय बिदा दिइएकाे पालिकाहरूले जनाएका छन् । मगर एकता दिवसकाे दिन फागुन १५ गते जिल्लाका विभिन्न स्थानका विविध कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
पाल्पाकाे रामपुर तानसेन, माथागढीसराइ, रामपुर, बगनासकाली, छहरा, सत्यवतीलगायतका स्थानमा विविध कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।