2

Logo २०८३ बैशाख १३ आइतबार
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पाल्पाका सबै पालिका कमजोर

वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पाल्पाका सबै पालिका कमजोर

जिल्लाका सबै पालिका फेल

Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११ २०८०
526

पाल्पा ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा पाल्पाका सबै पालिका फेल भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार पासको न्युनतम अकं समेत कुनै स्थानीय तहले ल्याउन सकेनन् ।

कार्यसम्पादन मुल्यांकनमा पास हुनका पालिकाले कम्तिमा ४० अंकभार ल्याउनुपर्ने हुन्छ तर जिल्लाका कुनै पनि पालिकाले ४० अंकभार ल्याउन सकेनन् ।

१० वटा स्थानीय तह रहेको पाल्पामा आयोगको प्रारम्भिक नतिजाअनुसार रिब्दीकोट गाउँपालिकाले जिल्लामा सबैभन्दा बढी ३८.०९ अंक प्राप्त गरेको छ । माथागढी गाउँपालिकाले ३६.५४, रैनादेवी छहरा गाउँपालिकाले ३६.३८,  निस्दी गाउँपालिकाले ३२.४३ अंक, रम्भा गाउँपालिकाले ३२.२३, तिनाउ गाउँपालिकाले ३०.५८, तानसेन नगरपालिकाले ३०.१०, बगनासकाली गाउँपालिकाले २९.४५ अंक, रामपुर नगरपालिकाले २६.६७ र पुर्वखोला गाउँपालिकाले २१.१६ अकंभार  प्राप्त गरेका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको मूल्यांकनको आधारमा नतिजा निकालेको हो।

जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।

लुम्बिनी प्रदेशकै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६१.८१ अंक सहित नेपालमै प्रथम भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com