राष्ट्रिय मगर दिवसको अबसरमा रामपुर नगरपालिकाले दियो विदा
पाल्पा ।
आउदो फागुन १५ गते राष्ट्रिय मगर दिवसमा रामपुर नगरपालिकाले स्थानीय विदा दिएको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा जिल्लाका विभिन्न पालिकाले विगतदेखि विदा दिदै आएका छन् ।
रामपुर नगरपालिकाको शुक्रबार बसेको १४ औं नगरकार्यपालिकाको बैठकले यही फागुन १५ गते राष्ट्रिय मगर एकताको दिन विदा दिने निर्णय गरेको नगरप्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो । आज एक सुचना जारी गर्दै नगर प्रमुख थापाले मगर समुदायको बाहुल्यता रहेको रामपुर नगरपालिकामा हरेक जातजाति र समुदायको पर्व विशेषमा सम्मान र महत्व दिदै आएको जनाउदै ४२ औं मगर एकता दिवसको अबसरमा विदा दिइएको जनाईएको छ ।
रामपुर नगरपालिकाले मातहतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सार्वजनिक संघसंस्थामा फागुन १५ गते एक दिनको लागि स्थानीय विदा दिने जनाएको छ ।