2

Logo २०८३ बैशाख १३ आइतबार
१५ टन टमाटर बिक्रीले हौसिएका दिलु र लालु

१५ टन टमाटर बिक्रीले हौसिएका दिलु र लालु


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
2.8K

पाल्पा ।

मेहनत गरे राम्रो फल्ने मात्र होइन आम्दानी पनि बढ्छ भन्ने लागेर तरकारी खेतीमा हौसिएका हाम्रो आधुनिक कृषि फार्मका सञ्चालक दिलु र लालुलाई अहिलेको उत्पादनले थप हौसला मिलेको छ ।

भदौमा लगाएको टमाटरबाट अहिलेसम्मकै बढी उत्पादन भएको सञ्चालक दिल बहादुर रानाले बताउनुभयो । असोजदेखि बिक्री शुरु गरेका हौं दिल बहादुरले थप्नुभयो १५ टन बिक्री भएको छ । १ रोपनीमा बिना टनेल बिना झ्याक्रा भुईमा नै लटरम्म टमाटर फलेका छन् । सुख्खा टारमा जेततेन पानीको जोहो गरि तरकारी खेतीमा होमिएका यी युवा भारतबाट बिउ ल्याएर टमाटर लगाएका हुन् । राम्रो उत्पादन दिने रहेछ, अन्यको तुलनमा यो टमाटरबाट धेरै फलेर धेरै फाइदा पनि भएको छ । सामान्यतया खर्च कटाएर सिजनमा ५० हजार बचाउन सकिनेमा यस पटक अझ धेरै फाइदा लिनेमा सञ्चालक द्धय विश्वस्त छन् ।

विदेशबाट फर्किएर तरकारी खेतीमा होमिएका युवा हुन् दिल बहादुर र लाल बहादुर । बहराईनमा भनेजस्तो नभएपछि स्वदेशमै केही गर्छु भनेर लागेको बताउने लाल बहादुर साथी मिलेर गर्दा धेरै सहज भएको बताउनुभयो ।

तरकारीमा खेतीमा कृषि फार्म नै सञ्चालन गरि लागेका यी युवाले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । आधुनिक कृषि फार्ममा अहिले उत्पादन लिन टमाटर छ भने बोडी, करेला, घिरौंला, तिरम्लाका बिरुवा भर्खर रोपिएको छ । काक्रा कुनै विस्तारै फल लाग्ने भएको छ भने केही भर्खर रोपिएको लाल बहादुर थापाले बताउनुभयो । टमाटर चैतसम्म फल टिप्न मिल्ने उहाँको भनाई छ ।

बजारमा टमाटरको मुल्य अनुसार नै स्थानीय टमाटर बिक्री गरेको दिल बहादुरले सुनाउनुभयो । होलसेललाई दिदा सस्तो दिनुपर्छ त्यो उपभोत्तामा पुग्दा महंगो हुन्छ बरु साना पसल र उपभोत्तालाई दुई/पाँच रुपँया सस्तो दिने दिलबहादुरको भनाई छ । फार्ममा नै आउनेलाई मिलाएर पनि दिएका छौं उहाँले भन्नुभयो । विदेश नजाउन् भन्ने तर राज्यले कृषिमा प्रोत्साहन नगरेको दिल बहादुरको गुनासो छ । मान्छे बन्न र दुःख बुझ्न एकपटक बिदेशी नै पर्ने बताउनुभयो । विदेश नजाउ नजाउ भनिन्छ तर यहाँ के गर्ने? एकपटक विदेश गएर त्यहाँको सीप र अरु देशको प्रगति आफुले आफ्नो ठाउँमा लगाउनुपर्छ दिल बहादुरले भन्नुभयो ।

कृषि प्रधान देश भन्ने तर कृषिलाई वेवास्ता गर्ने परिपाटीको अन्त्य नभएसम्म कृषिमा राम्रो प्रगति हुन नसक्ने उहाँको ठम्याई छ । शिक्षक, व्यवसायी अन्य पेशा भएपनि कागजमा कृषि लेख्ने तर काम नगर्नेहरुप्रति मात्र होइन प्रकृतिले दिएको कृषिमा भौतिक तयारी नगर्ने कृषिमा यो र त्यो गर्छु भनेर भाषणमात्र गर्ने परपार्टीको अन्त्य भई भाषण अनुसार कै निति बनाउन नेतालाई रानाको आग्रह छ ।

सञ्चालक लाल बहादुर भने निरन्तर लगाबले सफलता मिल्ने बताउनुहुन्छ । राम्रो भाउ हँुदा मात्तिनु र नहुँदा आत्तिन नहुने बताउने लाल बहादुरले सुख्खा टारलाई मलजल गरि उब्जाउ ठाउँ बनाएरै सफलता मिलेको बताउनुभयो । ख¥यान र टार थियो त्यही माथि रातो माटो यही मलजल गरेर पसिना बगाएर उत्पादन दिने बनाएका छौं, लाल बहादुरले भन्नुभयो– लागेपछि निरन्तर गर्नुपर्छ ।

‘‘भए दोब्बर नभए गोबर, गोबर हालेपछि फेरि फल्छ” भन्ने मानसिकता नै तरकारी खेतीमा लागेको दिल बहादुरको भनाई छ । दिल बहादुरले तरकारी खेतीका अलावा फुल खेती पनि गर्दै आउनुभएको छ । रामपुर ४ देविस्थानमा ढकमक्क सजिसजावटका फुलले घर आगन ढाकेको दिल बहादुरले घर वरपर मात्र होइन ४ बर्षदेखि सयपत्री फुल खेती गर्दै आउनुभएको छ । जग्गा भाडामा लिएर व्यवसाय गर्नुभएका उहाँले गत दशैं तिहारमा ३ लाख ५० हजार बढीको आम्दानी गर्नुभएको हो ।

नजिकको पानीको आफ्नै स्रोत नहुँदा समस्यामा रहेका यी किसानलाई कृषि ज्ञानकेन्द्रले यसबर्ष सहयोग गरेको छ । यसबर्ष केन्द्रले पानीको दिगो स्रोतका लागि मुल व्यवस्थापन गरेपछि बोरिङको सहयोग गरेको छ । यही फागुन चैतमा पानी निकालेपछि पानी पट्याउन सहज हुने दिल बहादुरले खुशी हुदै बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com