2

Logo २०८३ बैशाख १४ सोमबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पाल्पाका प्रा. डा. बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पाल्पाका प्रा. डा. बराल नियुक्त


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
1.3K

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पाल्पाका प्रा. डा. केशरजंग बराल नियुक्त हुनुभएको छ ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो । बराल हाल पोखरामा रहनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा गठित समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गर्नुभयो । सिफारिस समितिले लिएको विभिन्न मापदण्डको आधारको अंकमा बराल अरुभन्दा २ अंकले अगाडी हुनुभएको हो ।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गर्नुभएका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति हुनुभयो । पोखरा विश्वविद्यालयलाई विस्तार गर्नमा बरालको ठूलो हात छ ।

निश्चित शहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर बरालले ५४ पुर्‍याउनुभयो। उहाँले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com