समितिको उपाध्याक्षमा कृतिनाथ श्रेष्ठ, सचिवमा मिनराज रेग्मी, सहसचिवमा चन्द्रा न्यौपाने, अर्थसचिवमा सुन बहादुर थापा र सदस्यहरुमा गुरु प्रसाद रेग्मी, नारायण प्रसाद रेग्मी, शिशिर रेग्मी, कविता मल्ल, मथुरा रेग्मी, वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल रहनु भएको निर्वाचन मण्डलका संयोजक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।
रामघाट स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा भएको अधिवेशनमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान उत्तर बाहिनी मालिङ्गाका संस्थापक चैतन्य कष्ण जि महाराजले उत्तर बाहीनी कालीगण्डकी संगै रामघाट र रामपुरको बारेमा धार्मिक ग्रन्थहरुमा पनि उल्लेख रहेको जानकारी दिनुभयो । रामपुर आफैमा पुण्य भुमि हो, उहाँले भन्नुभयो-सबै मिलेर यस क्षेत्रको बिकासमा लाग्नुपर्दछ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य युवराज खनाल, रामपुर ५ का पूर्व वडा अध्यक्ष हिमाल मल्ल, धर्मोदय दशावतार बालन सांस्कृतिक समुहका अध्यक्ष हरिप्रसाद खनालले शुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामघाट क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि २०७४ सालमा गुरुयोजना निर्माण गरी सोही अनुसार कार्य हुँदै आएको जानकारी गराउनुभयो ।
लक्ष्मी नारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको अध्यक्षता, संस्थापक सदस्य बालकृष्ण रेग्मीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिनराज रेग्मीले गर्नु भएको हो ।
गुठी वि.सं. १८८९ अघि रेग्मी परिवारका स्वर्गीय तुलसीराम रेग्मीले स्थापना गर्नु भएको थियो । २०४९ मा लक्ष्मीनारायण गुठी संचालन संस्थाको नाममा जिल्ला प्रशासन कार्यालय पाल्पामा दर्ता भएर संचालन हुँदै आएकोमा २०७५ देखि समुदायबाट संचालन हुँदै आएको छ ।