जानकी आधारभुत विद्यालयले मनायो ५६ औं बार्षिकउत्सव
पाल्पा ।
जानकी आधारभुत विद्यालय रामपुर ८ भुजात पाल्पाको ५६ औं बार्षिकोत्सवको सम्पन्न भएको छ । विद्यार्थी ठानेश्वर बस्यालको स्वस्तिबाचन संगै बार्षिक उत्सब समारोहको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले २०२४ सालमा स्थापना गरि स्कुल यहाँ सम्म ल्याइपुर्याउने समुदायका अगुवाप्रति सम्मान व्यक्त गर्नुभयो ।

शिक्षाले फड्को मार्दै जादा समय सापेक्ष र प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताउदै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय मिलेर विद्यालयको चिन्तन र गुणस्तर बढाउन लाग्नुपर्ने बताउनुभयो । प्रजातन्त्र दिवसको अबसरमा भएको विद्यालयको बार्षिकोत्सवमा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले २००७ सालदेखि आज सम्म आउदा धेरै व्यबस्था परिवर्तन भए तर अबस्था अझ परिवर्तन नभएको बताउनुभयो । अबस्था परिवर्तन गर्न अझ संघर्ष गर्नुपर्नेछ उहाँले भन्नुभयो- स्थिर राजनिति बनेन अब स्थिर सरकारको लागि नागरिक जागरुक बन्नुपर्नेछ । शैक्षिक गुणस्तरमा भौतिक वातावरणको उत्तिकै प्रभाव रहने बताउदै श्रेष्ठले आधारभुत विद्यालयमा एउटा पनि पक्की भवन नबनेकोमा अब अर्को बर्ष प्रदेश सरकारमा यसको लागि आफुले पहल गर्ने बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्यले वडाले सानो बजेट भएपनि सहयोग गरेको बताउदै विद्यालयलाई विद्यार्थी प्रोत्साहन तथा सामग्री खरिद भनेर सहयोगलाई निरन्तरता दिने बताउनुभयो । वडाका ६ वटै विद्यालयलाई केही न केही सहयोग गर्नुपर्ने उल्लेख गर्नुहुदै आचार्यले जानकी आधारभुतको लागि सदैव सकारात्मक रहेको बताउनुभयो।
सोही अबसरमा रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले आफुले पढेको विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुनिल अधिकारी र सिर्जना अधिकारीले दिबङ्गत सरोज अधिकारीको स्मृतिमा विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार सहयोग गर्नुभएको छ । खालिवन स्वास्थ्यचौकीका प्रमुख सुवास अधिकारी, बिपि आदर्श प्राबि आपचौरका प्रध्यानध्यापक नारद प्रसाद अर्याल, वडा सदस्य बिष्णु देबी गैरे, शिक्षक अभिभावक संघ अध्यक्ष पुष्पा लम्साल, पत्रकार सीता डोटेल, पिपलपाटा सामुदायिक बनका अध्यक्ष गोबिन्द अधिकारी, शिक्षक अभिभावक संघ सदस्य देबिलाल अधिकारीले विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका प्रध्यानध्यापक बुद्धि सागर अधिकारीले ४४ लाख, ६५ हजार ७ सय ७० रुपया बराबरको आम्दानी खर्च रहेको आर्थिक तथा बार्षिक प्रगति प्रतिबेशन प्रस्तुत गर्नुभयो ।
बुवा जिवनाथ रेग्मीको स्मृतिमा ५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्नुहुने शिक्षिका सीता रेग्मी, सबै कक्षाका प्रथम द्दितिय तृतीय हुने विद्यार्थीलाई पुरस्कारको सौजन्य गर्नुहुने सुनिल अधिकारीलम र नृत्य शिक्षक मिलन न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

बार्षिकोत्सवको अबसरमा अभिभावक बिचको हाडीफोर प्रतियोगितामा बिजयी हुनुहुने राधा घर्ती, हरि प्रसाद अधिकारी र अनन्तराज न्यौपानेलाई प्रमुख अतिथिले पुरस्कार प्रदान गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष केशबराज अधिकारीको अध्यक्षतामा भएको बार्षिकोत्सव समापन कार्यक्रममा स्वागत शिक्षक हिरालाल बिकले गर्नुभएको थियो । सन्चालन शिक्षक प्रभा घिमिरे र हिरालाल बिकले गर्नुभएको हो ।
२०२४ सालमा स्थापना भएको यस जानकी आधारभुत विद्यालयमा हाल नेपाली माध्यममा कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । अङ्ग्रेजी माध्यममा १ कक्षासम्म पढाइ हुन्छ ।
स्थानीय स्रोत आम्दानीमा कमजोर रहेको यस विद्यालयमा ३ जना स्थानीय स्रोत शिक्षक सहित ११ जना शिक्षक अध्यापन र १०८ विद्यार्थी अध्ययनरत छन् ।
पिपलपाटा सामुदायिक बनले मासिक १० हजार स्थानीय स्रोतका शिक्षकलाई तलब खुवाउन सहयोग गर्दै आएको छ । बार्षिकउत्सवको अबसरमा स्कुलका सबै कक्षाका विद्यार्थी र शिक्षकले रमाइलो नाचगान प्रस्तुत गर्नुभएको थियो ।




