2

Logo २०८३ बैशाख १३ आइतबार
स्वर्गीय सन्तोष थापाको सम्झनामा चापाकोट महोत्सवमा “सन्तोष स्मृतिकप २०८०” मंगलवारदेखि

स्वर्गीय सन्तोष थापाको सम्झनामा चापाकोट महोत्सवमा “सन्तोष स्मृतिकप २०८०” मंगलवारदेखि


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०
932

स्याङ्जा ।

स्याङ्जाको चापाकोटमा जारी चापाकोट महोत्सवका अबसरमा भलिबल खेलाडी स्वर्गीय सन्तोष थापाको सम्झनामा “सन्तोष स्मृतिकप २०८०” हुने भएको छ ।

दोस्रो चापाकोट महोत्सवमा राष्ट्रिय खेलाडीहरुको सहभागितामा स्वर्गीय सन्तोष थापा स्मृतिकप भलिबल प्रतियोगिता २०८० को आयोजना गरिएको खेल संयोजक राजन दर्लामीले जानकारी दिनुुभयो । आगामी फागुन ८ गते शुरु हुने भलिबल प्रतियोगितामा गण्डकी र लुम्विनी प्रदेशका गरी १२ टीमको सहभागिता रहनेछ ।

८ गतेको उद्घाटन खेल पाल्पा र पर्वत बीच हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिनेछ ।

चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो ।

स्वर्गीय थापा गण्डकी प्रदेशकै चम्किला भलिबल खेलाडी थिए । स्वर्गीय थापाको स्मृतिमा हुने प्रतियोगितामा चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगी टीमलाई खाने र बस्ने सुविधा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १७ लाख खर्च हुने आयोजकको अनुमान छ । यसका लागि चापाकोट उद्योग वाणिज्य संघले ४ लाख छ्ट्याएको छ भने चापाकोट नगरपालिकाले ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ । नपुग खर्चको लागि स्थानीय संघ संस्था एवम् व्यक्तिगत सहयोगबाट पूरा गरिने चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com