2

Logo २०८३ बैशाख १४ सोमबार
मौलिक संस्कृति जगेर्नाका लागि आयोजित पाल्पाको लोकभजन प्रतियोगितामा “धर्मोदय दशअबतार बालन”प्रथम

मौलिक संस्कृति जगेर्नाका लागि आयोजित पाल्पाको लोकभजन प्रतियोगितामा “धर्मोदय दशअबतार बालन”प्रथम


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०
778

पाल्पा ।

पाल्पाको रामपुरमा भएको लोकभजन प्रतियोगितामा धर्माेदय दशअबतार बालनको समुह “क” प्रथम भएको छ । नेपाली मौलिक लोक भजन संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नको लागि रामपुर नगरपालिका वडा नम्बर ६ को सहयोगमा रामपुर भजन किर्तन मण्डलीले लोकभजन प्रतियोगिताको आयोजना गरेको हो ।

कालीगण्डकी उपत्यका क्षेत्रका १३ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रथम लक्ष्मण भट्टराई समुहको धर्मोदय दशावतार बालन सांस्कृतिक समूहको हुँदा द्वितिय पनि धर्मोदय दशावतार बालन सांस्कृतिक समूहकै “ख”मा रहेको ऋषिराम ढकालको समुह भएको छ । तृतीय अनुप काफ्लेको अविनाश भजन कृतन समुह भएको भजनमण्डली सल्लाहकार तथा निर्णायक मण्डलका संयोजक लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।

लोक भजनमा प्रतिस्पर्धामत्क नाटक तथा गीत मञ्चन गरि प्रदर्शन गरिएको भजन प्रतियोगितामा सान्त्वना माडी सत्संग समुह चापाकोट नगरपालिका ८ का डिल्लीराम माझीको समुह र एकादशी भजन किर्तन समुह रामपुर नगरपालिका ६ कालिआँपका ढाल बहादुर मल्लको समुह भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमशः नगद १५ हजार रुपँया र प्रमाणपत्र, १० हजार रुपँया र प्रमाणपत्र, ५ हजार रुपँया प्रमाणपत्र र २ हजार ५ सय रुपँया सहित प्रमाणपत्र आयोजकले प्रदान गरेको छ ।

लोक भजन संस्कृति हराउँदै गईरहेको सन्दर्भमा संस्कृतिको संरक्षण, प्रवद्र्धन संगै पुस्ता हस्तान्तरणका लागि भएको प्रतियोगितामा सहभागी प्रतियोगीलाई समेत आयोजकले सहभागी १ हजार रुपँया पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो ।

प्रतियोगितामा रामपुर १ को गिरिधारी सिग्देलको टापुधाम भजन किर्तन समुह, रामपुर ७ का बालकृष्ण ढकालको बहखोला बगरचोक किर्तन समुह, रामपुर ६ का कृष्ण घिमिरेको राधाकृष्ण भजन किर्तन समुह, रामपुर ६ का माधब आचार्यको कालीगण्डकी भजन किर्तन समुह, चापाकोट नगरपालिका ८ का प्रविणा आचार्यको मिलनसार आमा समुहको भजन, रामपुर ६ का गणेश प्रसाद देवकोटाको सिद्धविनायक किर्तन समुह, रामपुर ८ को ब्राह्मण समुहको भजन, रामपुर ६ को कालिका भजन समुहले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको उट्घाटन गर्नुहुदै रामपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले पछिल्लो समय भजन किर्तन हराउँदै गैरहेको सन्दर्भमा मौलिक संस्कार र संस्कृतिको जगेर्नाको लागि वडाको पहलमा प्रतियोगिता राखिएको बताउनुभयो । “धर्म संस्कृति ज्ञान गहन सभ्यतालाई लगत परम्परागत रुपमा विभेद, व्यर्वहार गरिदा गलत सन्देश गएको छ, मौलिक संस्कृति भनेको संसारकै महान् सभ्यता हो” उहाँले भन्नुभयो । सबैभन्दा ठुलो धर्म र संस्कृति बैधानिकता यसमा छ । नेपाली मौलिक आधार भनेको संस्कृति हो यसले सबैमा सकारात्मक गुण भर्दछ, उहाँले थप्नुभयो–स्वास्थ्यले साथ दिन छोडदा, समयले कोल्टो फेर्दै गर्दा र उमेर ढल्किदै गर्दा आधुनिक शिक्षाको नाममा विदेशिईरहेको सन्तानलाई आधुनिकताको नाममा परदेशिएको परम्परालाई तोडेर सँगै सहयात्रा गरि सन्ततिसम्म सभ्यता संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका अबसरमा जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देवराज ढकाल, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्य, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओबादी केन्द्रका अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरे, दरैंठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, रामपुर नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेले बोल्दै संस्कृति प्रवद्र्धन र पुस्ता हस्तान्तरणका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।

रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम समापनमा बोल्दै अध्यक्ष ढकालले वडाको सानो प्रयासले ठुुुलो महत्वपुर्ण कार्य भएको बताउदै यस्ता लुकेका भजन र लोपहुने स्थितिका संस्कृति जगेर्नामा भजनमण्डली लागेको बताउनुभयो ।

भजनमण्डलीका सल्लाहकार विष्णुमाया ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर भजन किर्तन मण्डलीका सचिव पुरुषोत्तम ढकाल र रामचन्द्र ढुङ्गानाले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com