कपिलवस्तुमा बस दुर्घटना १० मृतक मध्ये ३ जनाको सनाखत
कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ ।
महेन्द्रनगरबाट काठमाडौका लागी छुटेको सुनौलो महाकाली यातायातको बस राती १ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ ।
अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
घाइतेहरुमा चालक सहचालक सहित केशव हमाल ,मनोज विक, नविन भट्ट, गिता कुवर, नितिन कुवर, सन्तोष चौधरी, गणेश काफ्ले, नितेश सुनार, सृष्टि काफ्ले, रेखा अचार्य, सुनिल कुवर, राजेश दाहाल, लोक बहादुर कार्की, ज्ञानेन्द्र पाल, मोहन सिह लोहार, विशाल भुजेल, महेश सुनार, अशोक सिह धामी, मनोज सिह धामी लगायतका रहेका छन् । उनीहरुको उपचार भइरहेको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।