कालीगण्डकी आमा समुहले बौदीकालीमा बनायो ट्रष्ट
नवलपुर ।
कालीगण्डकी आमा समुह बौदीकाली २ डेढगाउँले सामुदायिक ट्रष्ट निर्माण गर्नुभएको छ ।
लेगडिया खोला ठुलो पधेरो नजिक समुहले धारा पधेरा आउन र मेलापात जान आउन सजिलो हुने गरि ट्रष्ट निर्माण गरिएको हो ।
साबिक डेढगाउँ ७ मा स्थापित यस आमा समुहले आफ्नै कोषबाट ८६ हजार रुपैयाँ लगानीमा बहुउद्देश्यीय प्रयोजनको लागि सामुदायिक ट्रष्ट बनाउनुभएको समुहका अध्यक्षले जानकारी दिनुभयो । सामाजिक कार्यमा सक्रिय समुहले गरेको प्रशसनीय कार्यले धेरैलाई ट्रष्ट सहयोगी बन्ने र हौसला मिलेको स्थानीय वीर बहादुर बिसीले जानकारी दिनुभयो ।